‘फेक रेस्क्यु’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ
काठमाडौँ, ११ माघ । नेपाल प्रहरीले ‘फेक रेस्क्यु’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेक रेस्क्युमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालक पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र...
जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
खाँदबारी, ११ माघ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो...
स्वास्थ्यमन्त्री डा.गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक
काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेपछिको प्रमुख उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाह र प्रणालीगत सुधारलाई प्राथमिकता राखिएको बताउनुभयो । मन्त्रालयले नागरिक केन्द्रित स्वास्थ्य प्रणाली निर्माण गर्ने योजनासहित काम अघि...
ओझेलमा परेको ऐतिहासिक रिसेडीकोट
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ११ माघ । तत्कालीन कार्तिकेयपुर (कत्युर) राजवंशको शासनकालमा राजनीतिक, प्रशासनिक, सैनिक तथा धार्मिक गतिविधिको केन्द्रका रूपमा स्थापित रिसेडीकोट आज संरक्षणको अभाव, मानव लापरबाही, द्वन्द्वकालीन क्षति र प्राकृतिक क्षयका कारण गम्भीर सङ्कटमा परेको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–१ अन्तर्गत पर्ने रिसेडी गाउँमा रहेको रिसेडीकोट नेपालको मध्यकालीन इतिहाससँग...
स्वास्थ्य शिविर : नागरिकलाई घरआँगनमै उपचार
रुपनी जिएम बाँके, ११ माघ । “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर, त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे किरो पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भन्नुभयो...
गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो
गोरखा, ११ माघ । जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब २२ करोड रूपैयाँ आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताउनुभयो । किसानले...
ध्यान साधनाबाट प्राप्त हुन्छ बोध
नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ, ११ माघ । योगासन, प्राणायम र ध्यान एकपछि अर्को गरी अभ्यास गरिन्छ । योग र प्राणायम ध्यानका लागि पूर्वतयारी हुन् । वास्तवमा ध्यान लागेपछि शरीर हलुका महशुस हुन्छ भने मनमा शान्ति छाउँछ । सही अर्थमा ध्यानबाट आनन्दको अनुभूति हुन्छ । जुनसुकै काममा पनि ध्यानस्थ हुने क्षमता...
वन कार्यालयद्वारा काठ बरामद
भोजपुर, ११ माघ । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो । वन कार्यालयका अनुसार खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनापछि कर्मचारीसहितको टोली त्यसक्षेत्रमा...
जिप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
तनहुँ, ११ माघ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २०...