जनतासँगको भेटले भरोसा र ऊर्जा पुनःस्थापना गराएको छ : नानु बास्तोला [भिडिओ]
TNV News Update

जनतासँगको भेटले भरोसा र ऊर्जा पुनःस्थापना गराएको छ : नानु बास्तोला [भिडिओ]

मनिषा बस्नेत काठमाडौँ, १२ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फकी उम्मेदवार नानु बास्तोलाले महिला, युवा एवम् नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । बास्तोला सामाजिक कार्य र महिला सशक्तिकरणका मुद्दामा समेत आफ्नो पहिचान बनाएको र चुनावी अभियानमा यही अजेण्डालाई अघि सारेर चुनावी...
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
TNV News Update

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

स्याङ्जा, १२ माघ । पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्नेक्रम बढ्दै...
‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्ट्सलाई
TNV News Update

‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्ट्सलाई

खोटाङ, १२ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्ट्स क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आइतबारसम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले उपाधि जितेको हो ।...
मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की
TNV News Update

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राख्नुभएको छ । नेपाल खुला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवम् कुलपति कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित पहिलो दीक्षान्त समारोहमा उहाँले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै...
सर्वोच्चको आदेशद्वारा रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
TNV News Update

सर्वोच्चको आदेशद्वारा रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, ११ माघ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको...
‘रमिताको पिरती’ ब्रेकअपपछिको भावनात्मक यात्राको कथा हो : आना शर्मा [भिडिओ]
TNV News Update

‘रमिताको पिरती’ ब्रेकअपपछिको भावनात्मक यात्राको कथा हो : आना शर्मा [भिडिओ]

आकाङ्क्षा धामी काठमाडौँ, ११ माघ । निर्देशक सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघ २३ गते देशभर रिलिज हुने भएको छ । फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा देखिनुभएको छ । अभिनेत्री आना शर्मा मुख्य भूमिकामा रहेको यो फिल्म केवल एउटा प्रेमकथा मात्र होइन, ब्रेकअपपछि आफूलाई फेरि चिन्ने, स्वीकार्ने...
उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त
TNV News Update

उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त

सर्लाही, ११ माघ । सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ । पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थायी बासिन्दा हंसुको अवस्था सुरुमा सामान्य रहेको परिवारजनको भनाइ...
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित
TNV News Update

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित

सुर्खेत, ११ माघ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली काङ्ग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई हराउँदै गठबन्धनले विजयी हाँसिल गरेको हो । गठबन्धनबाट नेपाली काङ्ग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजङ्ग् शाही र नेकपा (एमाले)का केन्द्रीय सदस्य मीनासिंह...
मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक
TNV News Update

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

धनुषा, ११ माघ । मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । विभिन्न चार वटा कलष्टरतर्फ भएका निर्वाचनमा फरक–फरक दलका उम्मेदवार विजयी भएका छन् । महिला कलष्टरतर्फ नेकपा (एमाले)की रेखा झा सात हजार २२२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट...