राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरू
TNV News Update

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरू

काठमाडौँ, ११ माघ । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरू भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले...
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
TNV News Update

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ, १० माघ । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए । अहिले पूर्वी रुकुमतर्फबाट जेसिबीको सहायतामा हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालन...
कुन–कुन जिल्लामा भयो वर्षा र हिमपात ?
TNV News Update

कुन–कुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ, १० माघ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भइ धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि सुरू भएको बदली आज दिनभर नै कायम भएको थियो । वर्षा भने आज अपराह्नबाट रोकिएको छ ।...
नयाँ पार्टीहरुको कुनै गन्तव्य छैन, कहाँ पुग्ने हो थाहा छैन : ओली
TNV News Update

नयाँ पार्टीहरुको कुनै गन्तव्य छैन, कहाँ पुग्ने हो थाहा छैन : ओली

काठमाडौँ, १० माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गन्तव्य बिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पार्नुभएको छ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालसहित विभिन्न व्यक्तिहरूको नेकपा (एमाले) प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले स्पष्ट उद्देश्य र गन्तव्य बोकेको पार्टी भएको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’...
नेपाल ६ विकेटले विजयी
TNV News Update

नेपाल ६ विकेटले विजयी

काठमाडौँ, १० माघ । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै...
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
TNV News Update

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

नारायण न्यौपाने काठमाडौँ, १० माघ । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ...
नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम [भिडिओ]
TNV News Update

नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम [भिडिओ]

प्रमिला कार्की काठमाडौँ, १० माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी काभ्रेपलाञ्चोककी समानुपातिक उम्मेदवार निर्मला गौतमले समानुपातिक प्रतिनिधित्वको मर्ममाथि गम्भीर प्रश्न उठाउँदै यसलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले समानुपातिक व्यवस्था आवाज नपुगेका, पछाडि पारिएका समुदायलाई प्रतिनिधित्व दिलाउन ल्याइएको भए पनि अहिले पहुँचवाला र बोल्न...
प्रत्यक्ष निर्वाचन : दलहरुको सोच र रणनीति कमजोर हुँदा महिला उम्मेदवार न्यून
TNV News Update

प्रत्यक्ष निर्वाचन : दलहरुको सोच र रणनीति कमजोर हुँदा महिला उम्मेदवार न्यून

मनिषा बस्नेत काठमाडौँ, १० माघ । नेपालको संविधानले महिलाको राजनीतिक सहभागितालाई सुनिश्चित गरे पनि फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता कमजोर रहेको पाइएको छ । निर्वाचन आयोगको तथ्यांकले महिलाको मतदाता संख्या उल्लेख्य देखाए पनि उम्मेदवारी र प्रतिनिधित्वमा भने त्यो अनुपात झल्किन सकेको छैन ।...
राससकर्मी जिएमलाई हरिजमुना पत्रकारिता पुरस्कार
TNV News Update

राससकर्मी जिएमलाई हरिजमुना पत्रकारिता पुरस्कार

बाँके, १० माघ । बाँकेबाट राष्ट्रिय समाचार समिति (रासस)का निम्ति स्थानीय समाचारदाताका रूपमा क्रियाशील रुपनी जिएमलाई यस वर्षको हरिजमुना पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमा स्वतन्त्र पत्रकार सङ्घले पाँच हजार १५१ रूपैयाँ राशिको उक्त पुरस्कार उहाँलाई प्रदान गरेको हो । पत्रकार जिएमसँगै त्यति नै राशिको...