नेप्से परिसूचक ४२ अङ्कले घट्यो
TNV News Update

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौँ, १३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । आज विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख...
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी
TNV News Update

कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी

चितवन, १३ माघ । संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनुभएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक एक लाख रूपैयाँ बढी आम्दानी गर्दै आउनुभएको छ । गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गर्नुभएको हो । छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उहाँले...
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
TNV News Update

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला, १३ माघ । शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ । भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी...
माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा
TNV News Update

माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा

काठमाडौँ, १३ माघ । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौँको सिफल उकालोमा मङ्गलबार स्मृति सभा गरिएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो । सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा...
द्रुतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन
TNV News Update

द्रुतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिनुभएको छ । मुलुकको सर्वाधिक महत्त्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेस द्रुतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर...
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
TNV News Update

त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला

तनहुँ, १३ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ । डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एक जनाको कङ्काल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी...
टीकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन
TNV News Update

टीकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन

कैलाली, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेद्र साह (बालेन) समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुर पुग्नुभएको छ । मंगलबार उहाँले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टीकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गर्नुभएको हो । भेटका क्रममा बालेनले रास्वपा उम्मेदवार ज्ञवालीसँग आगामी...
सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा
TNV News Update

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी, १३ माघ । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा मसारटोलस्थित म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की संरचना निर्माणको काम थालेको हो । कार्यालयका इन्जिनियर...
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
TNV News Update

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा, १३ माघ । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड रूपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड रूपैयाँ बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु...