जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
खाँदबारी, ११ माघ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो...
स्वास्थ्यमन्त्री डा.गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक
काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेपछिको प्रमुख उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाह र प्रणालीगत सुधारलाई प्राथमिकता राखिएको बताउनुभयो । मन्त्रालयले नागरिक केन्द्रित स्वास्थ्य प्रणाली निर्माण गर्ने योजनासहित काम अघि...
ओझेलमा परेको ऐतिहासिक रिसेडीकोट
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ११ माघ । तत्कालीन कार्तिकेयपुर (कत्युर) राजवंशको शासनकालमा राजनीतिक, प्रशासनिक, सैनिक तथा धार्मिक गतिविधिको केन्द्रका रूपमा स्थापित रिसेडीकोट आज संरक्षणको अभाव, मानव लापरबाही, द्वन्द्वकालीन क्षति र प्राकृतिक क्षयका कारण गम्भीर सङ्कटमा परेको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–१ अन्तर्गत पर्ने रिसेडी गाउँमा रहेको रिसेडीकोट नेपालको मध्यकालीन इतिहाससँग...
स्वास्थ्य शिविर : नागरिकलाई घरआँगनमै उपचार
रुपनी जिएम बाँके, ११ माघ । “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर, त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे किरो पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भन्नुभयो...
गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो
गोरखा, ११ माघ । जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब २२ करोड रूपैयाँ आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताउनुभयो । किसानले...
ध्यान साधनाबाट प्राप्त हुन्छ बोध
नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ, ११ माघ । योगासन, प्राणायम र ध्यान एकपछि अर्को गरी अभ्यास गरिन्छ । योग र प्राणायम ध्यानका लागि पूर्वतयारी हुन् । वास्तवमा ध्यान लागेपछि शरीर हलुका महशुस हुन्छ भने मनमा शान्ति छाउँछ । सही अर्थमा ध्यानबाट आनन्दको अनुभूति हुन्छ । जुनसुकै काममा पनि ध्यानस्थ हुने क्षमता...
वन कार्यालयद्वारा काठ बरामद
भोजपुर, ११ माघ । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो । वन कार्यालयका अनुसार खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनापछि कर्मचारीसहितको टोली त्यसक्षेत्रमा...
जिप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
तनहुँ, ११ माघ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २०...
राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरू
काठमाडौँ, ११ माघ । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरू भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले...