४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी
म्याग्दी, १३ माघ । सिन्धुपाल्चोकका ६० वर्षीय फूल बहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आउनुभएका छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहनुभएको हो । धादिङका...
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
सिरहा, १२ माघ । लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्यष्टि गरेको हो । गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै...
दल र उम्मेदवारका ‘अजेन्डा’माथि मतादाताको चासो
नारायण न्यौपाने काठमाडौँ, १२ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिइ चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् । मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरू के–कस्ता ‘अजेन्डा’ लिएर आउँछन् र कसरी प्रस्तुत हुन्छन्...
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी
विजय रावत जुम्ला, १२ माघ । जिल्लामा हिमपात परेसँगै चिसो अत्यधिक बढी धाराको पानीसमेत जम्न थालेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम खलङ्गासहित जिल्लाको माथिल्लो भेगमा खानेपानी ल्याउन प्रयोग गरिएका पाइप फुट्न थालेको नागरिक समाजका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अत्यधिक चिसोका कारण यहाँका विद्यालय, क्याम्पसलगायत...
सङ्खुवासभामा बोलेरो जिप दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो [अपडेट]
खाँदबारी, १२ माघ । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ । चैनपुर–२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुँदा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ का पैरेका अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक...
किसानले माघ लागेपछि बल्ल टिप्न थाले सुन्तला
म्याग्दी, १२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् । दोसल्लेका किसानले विगतको तुलनामा यसपाली राम्रो मूल्य पाएका छन् । यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार...
विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
मध्यबिन्दु, १२ माघ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का...
जनतासँगको भेटले भरोसा र ऊर्जा पुनःस्थापना गराएको छ : नानु बास्तोला [भिडिओ]
मनिषा बस्नेत काठमाडौँ, १२ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फकी उम्मेदवार नानु बास्तोलाले महिला, युवा एवम् नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । बास्तोला सामाजिक कार्य र महिला सशक्तिकरणका मुद्दामा समेत आफ्नो पहिचान बनाएको र चुनावी अभियानमा यही अजेण्डालाई अघि सारेर चुनावी...
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
स्याङ्जा, १२ माघ । पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्नेक्रम बढ्दै...