एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेनजी आन्दोलनलाई फरक दृष्टिले मूल्याङ्कन
सन्तोषी रावल काठमाडौँ, १५ माघ । नेकपा (एमाले)ले पार्टीभित्र युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरेको छ । पार्टीका अनुसार हाल संगठनका विभिन्न तहमा ४० वर्षमुनिका युवाको उपस्थिति अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ भने आगामी निर्वाचनमा पनि युवालाई पहिलाभन्दा बढी अवसर दिने तयारी भइरहेको छ ।...
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
काठमाडौँ, १५ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एक÷दुई स्थानमा हल्का वर्षा...
राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ : असिममान सिंह बस्न्यात [भिडिओ]
पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका उहाँको चुनाव चिन्ह त्रिभुज हो । पुराना दल र नेताले गरेको नीतिगत र संरचनागत कमजोरीलाई सुधार गरेमा देशमै बसेर परिवर्तन सम्भव छ भन्ने...
यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल...
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
बागलुङ, १४ माघ । हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो । रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत...
टाइगर कप भलिबल : न्यु डायमण्ड र पुलिस फाइनलमा
कास्की, १४ माघ । पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा न्यु डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । महिलातर्फ न्यु डायमण्ड क्लबले आज थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।...
हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर
मनाङ, १४ माघ । हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र माघ । पहाडी र तराई क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा हिमपात हुन्छ । हिमपात भएपछि यहाँका डाँडाकाँडा, खोला, नदी, ताल पूर्णरूपमा जमेका छन् भने हिमपातले सेताम्मे देखिएको छ । यसअघि गत कात्तिक १० र ११ गते हिमपात...
प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन
खाँदबारी, १४ माघ । कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले खाँदबारीस्थित जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ । कारागारको भौतिक र मानवीय अवस्थाबारे जानकारी लिन कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला कारागारमा क्षमता भन्दा चार गुणा कैदीबन्दी राख्दा मानवीय व्यवहारसमेत नहुने...
चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
नारायण न्यौपाने काठमाडौँ, १४ माघ । एक–अर्को दलका उम्मेदवारबीच आरोप–प्रत्यारोपसहित ‘बोलचाल बन्द’ को स्थितिबाट निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा यस पटक भने हार्दिकता देखिएको छ । विसं २०६२/६३ को परिवर्तनपछि कुनै न कुनै रूपमा हुँदै आएको चुनावी तालमेल र मिलिजुली सरकार गठन गर्ने परिस्थितिले पनि एक–अर्काप्रति नजिक्याएकाले पनि...