स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम
पर्वत, १३ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट...
सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून [भिडिओ]
काठमाडौँ, १३ माघ । नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण युद्धको प्रभाव, विश्वव्यापी असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन् । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना...
काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई
काठमाडौँ, १३ माघ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बिचबाट सुरू भएको निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ । निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ...
गणपति डिलक्स बसको उत्खनन स्थगित
तनहुँ, १३ माघ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ । उत्खनन सुरु भएको १७औँ दिनमा स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो । बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि...
कोही मान्छे जन्मजात पर्फेक्ट हुँदैन, सीप सिकेर निखारिनुपर्छ : हरिप्रसाद डुम्रे [भिडिओ]
काठमाडौँ, १३ माघ । ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका कार्यकारी अध्यक्ष एवम् अधिवक्ता हरिप्रसाद डुम्रेले नेपालमा सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने औँल्याउनुभएको छ । नेपाली युवा उद्यमीहरुलाई विश्वस्तरीय सीप प्रदान गर्न सक्रिय विश्वप्रसिद्ध प्रशिक्षक एवम् मोटिभेस्नल स्पीकर भूपेन्द्र सिंह राठोरलाई यही माघ १६ गते नेपाल ल्याउन लागेका उनले यस पटक १५००...
ठगीको अभियोगमा चार जना पक्राउ
काठमाडौँ, १३ माघ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६...
नेप्से परिसूचक ४२ अङ्कले घट्यो
काठमाडौँ, १३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । आज विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख...
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी
चितवन, १३ माघ । संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनुभएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक एक लाख रूपैयाँ बढी आम्दानी गर्दै आउनुभएको छ । गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गर्नुभएको हो । छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उहाँले...
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
जुम्ला, १३ माघ । शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ । भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी...