यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
TNV News Update

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत, १५ माघ । यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र २० करोड रूपैयाँका सुन्तला निर्यात...
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
TNV News Update

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

खाँदबारी, १५ माघ । निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने सङ्खुवासभाका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिनुभयो । दलका उम्मेदवारको सामाजिक सञ्जालमार्फत प्रचार गर्दै भोट मागेको उजुरीका आधारमा उनीहरुमाथि स्पष्टीकरण सोधिएको जनाइएको छ...
म दोलखाको मात्र होइन सबैको साझा उम्मेदवार हुँ : पार्वत गुरुङ
TNV News Update

म दोलखाको मात्र होइन सबैको साझा उम्मेदवार हुँ : पार्वत गुरुङ

सन्तोषी रावल काठमाडौँ, १५ माघ । आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि दोलखामा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका पार्वत गुरुङले आसन्न चुनाव केवल सत्ताको प्रतिस्पर्धा नभइ देश, संविधान र लोकतन्त्र जोगाउने निर्णायक अवसर भएको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विषेश कुराकानीमा उनले जनतामा निराशा र राजनीतिक दलप्रति अविश्वास...
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, कतिमा हुँदै छ कारोबार ?
TNV News Update

सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ, १५ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रूपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ५०५ रूपैयाँ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको...
७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्– ‘अब ढुक्कले मर्छु’
TNV News Update

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्– ‘अब ढुक्कले मर्छु’

सुदीप राउत सिरहा, १५ माघ । अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो । स्थानीयवासीहरु भन्दथे, “अब यो उमेरमा के नागरिकता बनाउँछौँ आमा ?” तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन ।...
एमाले सङ्खुवासभाले गर्‍यो एक हजार एक सदस्यीय निर्वाचन प्रचारप्रसार समिति
TNV News Update

एमाले सङ्खुवासभाले गर्‍यो एक हजार एक सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

खाँदबारी, १५ माघ । आगामी फागुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) सङ्खुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ । पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्ग बहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको...
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
TNV News Update

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

सुन्दरकुमार थकाली मुस्ताङ, १५ माघ । भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको कागबेनी-मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन...
स्कुटर दुर्घटनामा युवतीको मृत्यु
TNV News Update

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

तनहुँ, १५ माघ । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक म्याग्दे...
एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेनजी आन्दोलनलाई फरक दृष्टिले मूल्याङ्कन
TNV News Update

एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेनजी आन्दोलनलाई फरक दृष्टिले मूल्याङ्कन

सन्तोषी रावल काठमाडौँ, १५ माघ । नेकपा (एमाले)ले पार्टीभित्र युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरेको छ । पार्टीका अनुसार हाल संगठनका विभिन्न तहमा ४० वर्षमुनिका युवाको उपस्थिति अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ भने आगामी निर्वाचनमा पनि युवालाई पहिलाभन्दा बढी अवसर दिने तयारी भइरहेको छ ।...