जेनजी आन्दोलनमा घुसपैठ गराइ उत्तेजित बनाइयो : सांसद बिसी
काठमाडौँ, १४ माघ । नेकपा (एमाले)की सांसद सुमित्रा बिसीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई दुई दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले वर्तमान परिस्थितिबारे सबै जानकार रहेको उल्लेख गर्दै, सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले उठाएको आवाज आफूहरूले पनि निरन्तर उठाउँदै आएको विषय भएको बताउनुभयो ।...
गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मी, १४ माघ । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका...
महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
रामचन्द्र रायमाझी पाल्पा, १४ माघ । “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै भूमिका नै छैन” तानसेन नगरपालिका–२ की मञ्जु रणपालले भन्नुभयो, “जनताको गुनासो र काम लिएर नगरपालिका र वडा कार्यालयमा जाँदा हाम्रो कुरा सुनिदैन ।” जनताले आफूहरुलाई जिताएर नै पठाएका हुन् तर बैठकमा...
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी
लमजुङ, १४ माघ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड ३० लाख रूपैयाँ बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट २४ करोड ३० रूपैयाँ बराबरको आम्दानी भएको छ...
बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ
रौतहट, १४ माघ । बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ । घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतक रामेश्वरकी...
अरूण तेस्रो आयोजनामा कार्यरत एक मजदुर मृत फेला
खाँदबारी, १४ माघ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरूण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन् । आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन् । उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका–१० घर भइ हाल अरूण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मङ्गलबार...
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरू, तीन हजार ५४५ जनाले खोप लगाए
सर्लाही, १४ माघ । तेइस जना बालबालिकामा दादुरा सङ्क्रमण फेला परेपछि सर्लाहीको मलङ्वामा खोप अभियान सुरू गरिएको छ । दादुरा सङ्क्रमण देखिएको मलङ्वा नगरपालिका–३, र त्यससँग जोडिएको वडा नम्बर २, ४, ८, ९ र १० मा छ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा रुबेलाको खोप दिन सुरू गरिएको...
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
ढोरपाटन, १३ माघ । बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् । बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि निरन्तर बाजा बजाउँदै...
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम
पर्वत, १३ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट...