विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’
TNV News Update

विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’

पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ माघ । पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छाया दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता...
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
TNV News Update

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सङ्गीता राई धरान, १७ माघ । बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवर्द्धन मात्र नभइ धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।...
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
TNV News Update

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

दाङ, १७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) महासचिव शंकर पोखरेल मतदातासँगको भेटघाट बढाउनुभएको छ । उहाँले दाङका मतदासँग संवाद र चुनावी अजेन्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुग्नुभएको हो । घोराही उपमहानगरपालिका–६...
फागुन २१ को निर्वाचन : जनविश्वासको परीक्षा
TNV News Update

फागुन २१ को निर्वाचन : जनविश्वासको परीक्षा

आकाङ्क्षा धामी नेपाली राजनीति आज गहिरो विश्वासको संकटको सामना गरिरहेको छ । यो संकट कुनै एक दल, एक सरकार वा एक नेतासम्म सीमित छैन, यो समग्र राजनीतिक संस्कृतिको असफलताको प्रतिफल हो । लोकतन्त्रको मूल आधार जनविश्वास हो, तर जब राजनीतिक अभ्यास नै जनभावनाविपरीत जान थाल्छ, तब लोकतन्त्र औपचारिक संरचनामा सीमित...
बदलिएको काङ्ग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छ : सभापति थापा
TNV News Update

बदलिएको काङ्ग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छ : सभापति थापा

काठमाडौँ, १७ माघ । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले बदलिएको काङ्ग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ ले आज यहाँ आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले देश बदल्नका लागि काङ्ग्रेस बदलिएको बताउनुभयो । “समयक्रमसँगै काङ्ग्रेस...
म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट
TNV News Update

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी, १७ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन् । शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरुलाई नियुक्तिका लागि...
नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का [भिडिओ]
TNV News Update

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का [भिडिओ]

प्रमिला कार्की काठमाडौँ, १७ माघ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला चुनावी दौडधुपमा हुनुहुन्छ । छ महिनाको उमेरमै आमाको काखबाट छुटिनुपरेको पीडा, जनयुद्धको संघर्ष, जेल जीवन र सहिद परिवारको पृष्ठभूमिका कारण खड्का राजनीतिमा खारिएका पात्रका रुपमा चुनावी मैदानमा उत्रिनुभएको...
विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२
TNV News Update

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी, १६ माघ । बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ । जसमध्ये क्षेत्र नम्बर २ ले पश्चिम बागलुङलाई समेटेको छ । भौगोलिक विकटता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र विकासको पर्खाइमा छ । प्रचुर सम्भावना भएर भौतिक विकासमा पछि परेको यहाँका मतदाता दुरगामी दृष्टिकोणसहित विकासको अगुवाइ गर्ने...
बागलुङमा झन्डै २७ करोडको सुन्तला उत्पादन
TNV News Update

बागलुङमा झन्डै २७ करोडको सुन्तला उत्पादन

बागलुङ, १७ माघ । यस वर्ष बागलुङमा २६ करोड ९० लाख रूपैयाँको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४४ लाख रूपैयाँ बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको...