सरकार कुनै दलको प्रभावमा छैन : प्रधानमन्त्री कार्की [पूर्णपाठ]
काठमाडौँ, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार छाडेर चुनावमा जानु कुनै बेइमानी नभएको स्पष्ट गर्नुभयो । “त्यसबेला जेनजी समूहको...
सुनसरी–२ मा प्रतिनिधिसभा निर्वाचन : त्रिपक्षीय भिडन्तले रोचक बन्दै चुनावी माहोल
खेमराज सापकोटा विराटनगर, १९ माघ । सुनसरी क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आ–आफ्नो रणनीतिसहित मैदानमा उत्रिएका छन् । घरदैलो अभियान, संगठन परिचालन र मतदाता भेटघाटले क्षेत्रको राजनीतिक तापक्रम बढिरहेको छ । नेपाली काङ्ग्रेसका उम्मेदवार राजीव कोइराला यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदाताको घर–घरमा...
स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा
हेटौँडा, १९ माघ । हेटौँडा बजार क्षेत्रमा स्वरूप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल माघ १७ र १८ गते मोटरसाइकलबाट अस्वाभाविक ठुलो आवाज आउने, साइलेन्सर तथा अन्य पार्ट्स परिवर्तन गरी सवारी साधन चलाइएको...
गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो
ज्ञानेन्द्र न्यौपाने रसुवा, १९ माघ । यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो छ । समुद्री सतहदेखि करिब चार हजार ३८० मिटर उचाइमा अवस्थित यो तीर्थस्थल धार्मिक, सांस्कृतिक...
सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा
भोजपुर, १९ माघ । जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान...
बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
बागलुङ, १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान तीव्र पारेका छन् । फागुन ४ गतेअघि आमसभा तथा खुला कार्यक्रम गर्न नपाउने भएपछि उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममा छन् । माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि मतदाता समक्ष पुगेर भोट माग्न...
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्ख्यौली घरमा
महेन्द्रनगर, १९ माघ । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुग्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उहाँको पुर्ख्यौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन...
बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’
मधुकर अधिकारी शिङ्गटन डिसी, १९ माघ । अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ । मानिसहरू हरेक काम र यात्राका लागि जनवरी महिनामा योजना बनाउँदैनन् । तर, मानव हितका लागि भनेर विश्वभरि शान्तिको सन्देश सम्प्रेषण गर्नका लागि बौद्ध भिक्षुहरू भने हिउँका पहाड छिचोल्दै र शून्य डिग्रीको तापक्रमलाई समेत बेवास्ता गर्दै लामा...
नयाँ पुस्ताप्रति मतदाता विश्वस्त छन्, त्यसैले तेह्रथुमको लिड गर्दैछु : सन्तोष सुब्बा [भिडिओ]
काठमाडौँ, १९ माघ । नेपाली काङ्ग्रेसका नेता एवम आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तेह्रथुमबाट प्रत्यक्षतर्फका उम्मेदवार सन्तोष सुब्बाले राजनीति ठिकठाक ढङ्गले नचलेका कारण हामीजस्ता युवाहरुको खोजी भएको दाबी गर्नुभएको छ । उहाँले देश बदल्ने अभिभारा अब युवाहरुको काँधमा आएको पनि बताउनुभयो । नेपाल न्युज बैङ्कसँगको विशेष सम्वादमा उहाँले जनताका आवश्यक्ताहरु...