परिवर्तनका अजेन्डा कार्यान्वयन गर्न उम्मेदवारी दिएको हुँ : निरज लामा
प्रमिला कार्की काठमाडौँ, २४ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का काठमाडौँ क्षेत्र नम्बर ३ का उम्मेदवार निरज लामाले आफू परिवर्तनका अजेन्डालाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले २०६२÷६३ को जनआन्दोलनदेखि निरन्तर बामपन्थी राजनीतिमा सक्रिक रहेको उल्लेख गर्दै देशमा देखिएको द्वन्द्व, अन्योल र असमानताकै बिच...
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
राजु सिलवाल काठमाडौँ, २४ माघ । बहुप्रतिक्षित इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टी–२० विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित नेपाली...
चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने ८ मोटरसाइकल नियन्त्रणमा
काठमाडौँ, २४ माघ । काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन...
वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौँ, २४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गर्नुभएको छ । शङ्खमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय...
बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरू
म्याग्दी, २४ माघ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोड रूपैयाँको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात...
निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो : आयुक्त डा.तुलाधर
काठमाडौँ, २४ माघ । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो...
आज कोशी र गण्डकीको हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना
काठमाडौँ, २४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी...
नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो : प्रचण्ड
काठमाडौँ, २३ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले नेकपा (एमाले)का महत्त्वपूर्ण नेताहरू पार्टीमा समायोजन भएको उल्लेख गर्नुभयो । समायोजन भएर आएका नेताहरूले...
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : कुलमान घिसिङ
महोत्तरी, २३ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उज्यालो नेपाल पार्टीले आज महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मधेश प्रदेशलाई उज्यालोमय बनाउन आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । अध्यक्ष...