सङ्खुवासभामा नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
खाँदबारी, २३ माघ । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै सङ्खुवासभामा औपचारिक चुनावी अभियान सुरू नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन् । प्रारम्भिक विवरणअनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच...
सहिद पुत्री दिवान्सीले दिनदिनै सोध्छिन्– ‘मम्मी, बाबा खोइ ?’
सुदीप राउत सिरहा, २३ माघ । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’ अमिरिका चौधरी केही बोल्न खोज्नुहुन्छ, तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उहाँको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर । बाहिर देशभर चुनावी र्याली र माइकिङको चर्को...
भारतको कोइलाखानीमा बिस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते
खोटाङ, २३ माघ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको बिस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको बिस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै...
धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरू
खोटाङ, २३ माघ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने...
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
सन्तोष गौतम म्याग्दी, २३ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काङ्ग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिस्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा.महावीर पुन मुख्य...
दोस्रो अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी
काठमाडौँ, २२ माघ । आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो ।...
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
हरि बाँस्तोला गण्डकी, २२ माघ । सहर नै रोजगारी र समृद्धिको एकमात्र गन्तव्य हो भन्ने आम बुझाइलाई कास्कीका एक मौरीपालक किसानले गलत सावित गरिदिनुभएको छ । कास्कीको मादी गाउँपालिका–११ तोगीका पृतिराज लामिछानेले मौरीपालन व्यावसायमार्फत प्रतिवर्ष ६० लाख रूपैयाँभन्दा बढी आम्दानी गरी अनुकरणीय काम गरी गाउँमा सम्भावना रहेको पुष्टी गर्नुभएको हो...
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरू
मुस्ताङ, २२ माघ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरू गरिएको छ । नेपाल स्की सङ्घको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो । हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले स्की सङ्घले सन्...
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की
भक्तपुर, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्येक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताउनुभयो...