गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
रुपनी जिएम बाँके, २ फागुन । थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट पनि उल्लेखनीय आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा नेपालगञ्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमाल रहनुभएको छ । विगत १२ वर्षदेखि उहाँ ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ सञ्चालन गर्दै गँड्यौला मल अर्थात् भर्मिक कम्पोष्ट मल उत्पादनमा सक्रिय...
बागमती नदीको बहाव बढाउन धाप ड्यामबाट पानी छाडियो
प्रगति ढकाल काठमाडौँ, १ फागुन । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धाप ड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धाप ड्यामबाट पानी छडिने थालिएको हो । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती...
प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौँ, १ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिनुभयो । हालसम्म डोल्पा, मुगु, जुम्ला,...
सङ्खुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्छ, त्यसमा म काम गर्न चाहन्छु : डा.अर्जुन कार्की
खाँदबारी, १ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट सङ्खुवासभाका उम्मेदवार डा.अर्जुन कार्कीले सङ्खुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्ने दाबी गर्नुभएको छ । हालै चुनावी अभियानका क्रममा माङ्सिमा र मकालु क्षेत्रमा पुगेर स्थानीयहरुसँग साक्षात्कार गर्दै उहाँले भन्नुभयो, “म सङ्खुवासभालाई देश तथा विदेशमा चिनाएर जिल्लाबासीका निम्ति दुःख–सुखमा साथ...
मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमुना मतदान’ अभ्यास
खोटाङ, १ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमुना मतदान’ अभ्यास कार्यक्रम सुरू गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका सिकाउन, मतपत्र बदर हुन नदिन र मतदान गर्ने समय निर्धारण गर्न निर्वाचन कार्यालयले नमुना मतदान अभ्यास...
वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ
वीरगञ्ज, १ फागुन । गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आर्दशनगरस्थित मदन गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते...
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, १ फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन मुलुकको निकासका लागि विकल्पविहीन भएकाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने कार्यमा सहयोग पुर्याउन समाजका सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ वार्षिकोत्सव एवम् विश्व रेडियो दिवसका अवसरमा...
भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
काठमाडौँ, १ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक डा विजय जैसीसहितको टोलीले आज उक्त खण्डको स्थलगत निरीक्षण गरेको हो । मन्त्री चौलागाईंले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता...
सेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र छाड्दा यात्रुदेखि स्थानीयसम्म असुरक्षित
रामेछाप, १ फागुन । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्री र स्थानीयले हैरानी खेपिरहेका छन् । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने...