पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
कास्की, १ फागुन । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न सकेको थिएन । फोहर व्यवस्थापनका...
स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो [अपडेट]
बागलुङ, १ फागुन । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते भएका २६ मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमन बोहोरा रहेका छन् । दुर्घटनमा घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइतेमध्ये अनिता किसान, अलिना...
तेस्रो मेयरकप भलिबलको उपाधि आमचोकले उचाल्यो
भोजपुर, २९ माघ । भोजपुर नगरपालिकामा भएको तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि जिल्लाको आमचोक गाउँपालिकाले उचालेको छ । नगरको वडा नम्बर ४ सिद्धेश्वर दावास्थित कृष्णलक्ष्मी स्पोर्ट्स कम्प्लेक्स परिसरमा आज रामप्रसाद राई गाउँपालिकासँग भएको फाइनल खेलमा आमचोकले उपाधि जितेको हो । आमचोकले तीनवटै सेट २५–२२, २५–२३ र २५–२१ ले जित्दै विजेता...
स्कुल बस दुर्घटनामा २३ विद्यार्थी घाइते
बागलुङ, २९ माघ । बागलुङ बजारमा स्कुल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यु एभरेष्ट बोर्डिङ स्कुल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले...
अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित
कास्की, २९ माघ । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको खेल २–१ गोल अन्तरले जित्दै मनाङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । एपिएफले...
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
काठमाडौँ, २९ माघ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गर्नुभयो । सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण...
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार
म्याग्दी, २९ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार भोट दिने युवा मतदाता बताउने गरेका छन्...
निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की
सोलुखुम्बु, २९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताउनुभएको छ । हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आइपुग्नुभएका उहाँले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था...
एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
म्याग्दी, २९ माघ । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना...