‘आधुनिकताका नाममा परम्परागत संस्कृति बिर्सनु हुँदैन’
सबिता नयाँजू आजको तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा एउटा गम्भीर प्रश्न बारम्बार उठ्ने गरेको छ, के परम्परागत संस्कृति युवा पुस्तामाझ हराउँदै गएको हो ? सूचना–प्रविधिको विस्तार, विश्वव्यापीकरण, बसाइँसराइ, सहरीकरण र आधुनिक जीवनशैलीको प्रभावले समाजको स्वरूप बदलिँदै जाँदा हाम्रो सांस्कृतिक पहिचान कति सुरक्षित छ भन्ने चासो स्वाभाविक रूपमा बढेको छ ।...
सडक दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते
चितवन, २९ माघ । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । गीतानगरबाट...
तामाकोशी बस दुर्घटनाका ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल
रामेछाप, २९ माघ । मन्थली नगरपालिका–६ बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ । पारिवारिक स्रोतका अनुसार बेपत्ता हुनेहरुमा...
अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल
काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राप्त जिम्मेवारी पूरा गरी सुशासन कायम गर्नेतर्फ आयोगको...
देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने
गण्डकी, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दाबी गर्नुभएको छ । पोखरामा आज आयोजित रास्वपाको चुनावी कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभयो । सुशासनको अजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको...
वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक : वनमन्त्री चौलागाईं
काठमाडौँ, २८ माघ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले देशको समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल वातावरण पत्रकार समूह र अर्थ जर्नालिजम नेटवर्कको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुवै विषयसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी हाल आफूले सम्हालेको र सोहीअनुसार समन्वय गरिरहेको...
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
काठमाडौंँ, २८ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान ५६ जिल्लाका ४९३ स्थानीय तहमा सञ्चालन गरिएको छ । हिमाली र पहाडी भेगका २१ जिल्लाबाहेकका ५६ जिल्लामा ४९३ स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो...
सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : प्रजिअ थपलियाद्वारा मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी
खाँदबारी, २८ माघ । सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ । यसक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियासहित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीले मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई जारी राखेका छन् । यसक्रमा टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा...
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल
काठमाडौँ, २८ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै उहाँले बजेटीय दबाब र प्राथमिकता...