बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, ४ फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनुभएको छ । आयोगमा आज आयोजित बैङ्करहरुसँगको छलफलमा उहाँले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी उहाँले दिनुभयो । जसअनुसार राजनीतिक दल...
प्रतिनिधि सभा निर्वाचन : खोटाङमा अनुभव, सङ्गठन र वैकल्पिक शक्तिबिच सङ्घर्ष
खेमराज सापकोटा विराटनगर, ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन खोटाङलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ । कोशी प्रदेशको पहाडी जिल्ला त्यसमाथि एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङलामो समयदेखि नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को मुख्य प्रतिस्पर्धी बनेको जिल्ला हो । २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने...
दश दिनपछि खुल्यो तुम्लिङटार विमानस्थल
खाँदबारी, ४ फागुन । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो...
सिन्धुलीमा जेनजी युवा दिपेशको कृषि क्रान्ति : ‘छहारी फार्म’बाट फूड फरेस्ट र अर्गानिक सख्खर
काठमाडौँ, ४ फागुन । कृषि विषयमा स्नातक अध्ययन पूरा गरेका जेनजी पुस्ताका युवा किसान दिपेश नेपालले पूर्णकालीन रूपमा कृषिमा लागेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गर्नुभएको छ । करिब तीन वर्षदेखि कृषिमा सक्रिय उहाँ पछिल्ला दुई वर्षदेखि पूर्णकालीन किसानका रूपमा काम गरिरहनुभएको छ । प्रारम्भमा ४–५ लाख रुपैयाँ पारिवारिक सहयोगमा कृषिपेशा...
मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र
भक्तपुर, ४ फागुन । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि...
ड्रोनमार्फत पत्ता लाग्यो दुर्घटनाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
काठमाडौँ, ४ फागुन । माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन् । परिवारले माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उनी हराएको भन्दै निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । खोजीका क्रममा प्रहरीले शुक्रबार (फागुन १) कान्ति लोकपथ क्षेत्रका विभिन्न भिरालो...
काठमाडौँ–५ मा प्रमुख दलका नेताकै बढी चर्चा
भीष्मराज ओझा काठमाडौँ, ४ फागुन । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरू भएपछि चुनावी माहोल थप तातेको छ । सङ्घीय राजधानी काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा विगतमा विजयी हासिल...
काठमाडौँ २ मा सधैँ सक्रिय छु, मतदाताको विश्वास जित्छु : कुन्ती पोखरेल [भिडिओ]
मनिषा बस्नेत काठमाडौँ, ४ फागुन । काठमाडौँको चहलपहलबाट केही पर, सहर र गाउँको सीमारेखाजस्तो फैलिएको क्षेत्र हो–काठमाडौँ क्षेत्र नम्बर २ । सडक, खेत, बस्ती, मन्दिर र डाँडाकाँडाको मिश्रणले बनेको यो क्षेत्र राजधानीको हिस्सा भएपनि विकासको दृष्टिले तुलनात्मक रुपमा अधुरो देखिन्छ । यही अधुरो कथालाई आफ्नो चुनावी मुद्दा बनाउँदै मैदानमा उत्रिनुभएको...
भोट माग्ने शैली होइन, काम गर्ने नेतृत्व चाहिन्छ : यो चुनावमा सही नेतृत्व आओस्
सन्तोषी रावल काठमाडौँ, ४ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढ्दो छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । कोही उम्मेदवारहरु जनताको दुःख पीडा सुन्दै परिवर्तनको बाचा गरिरहेका छन् भने कोही पुरानै शैलीमा चुनावी प्रतिबद्धताका सूची बाँडिरहेका छन् । सामाजिक...