आज २६३औँ सेना दिवस मनाइँदै
काठमाडौँ, ३ फागुन । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै...
बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई
धरान, ३ फागुन । छब्बिसौँँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ । धरान रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो । खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।...
अब काठमाडौँ उज्यालो नेपाल पार्टीको किल्ला बन्छ : अध्यक्ष घिसिङ
काठमाडौँ, २ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठुला नेता काठमाडौँ बाहिर गएर चुनाव लडेको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौँमा आयोजित काठमाडौँ–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उहाँले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन् भन्ने विश्वासका साथ आफू...
काङ्ग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छ : सभापति थापा
सर्लाही, २ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले काङ्ग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताउनुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका सभापति थापाले मतदातासँग आज भेटघाट गर्नु हुँदै विगतमा गरेका कमीकजोरीबाट सिक्दै वर्षौँदेखि गर्छौँ भनेर गर्न नसकिएका कामलाई मुर्तरूप दिने योजना तथा...
एमालेले सार्वजनिक गर्यो अध्यक्ष ओलीलाई मतदान गर्नुपर्ने कारण
काठमाडौँ, २ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धतासहित मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । शनिबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत नेकपा (एमाले) अध्यक्ष ओलीले विदेशी हस्तक्षेप अन्त्य गर्ने, जनताका खोसिएका अधिकार पुनःस्थापना गर्ने र देशमा देखिएको...
शिवरात्रि तथा सेना दिवसका अवसरमा रारा ताल क्षेत्रमा सेनाद्वारा सरसफाइ अभियान सुरू
मुगु, २ फागुन । महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाले रारा ताल क्षेत्रमा नियमित सरसफाइ अभियान सुरू गरेको छ । रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको हनुमान ध्वज गुल्म हुटुले शनिबार सरसफाइ कार्यक्रम आयोजना गर्दै अबदेखि हरेक महिनामा एक पटक ताल क्षेत्र सफा गर्ने घोषणा गरेको हो ।...
अबको युग डिजिटल प्रेमको
प्रमिला कार्की काठमाडौँ, २ फागुन । प्रविधिको तीव्र विकाससँगै प्रेम अभिव्यक्त गर्ने तरिका मात्र होइन, प्रेमको अर्थ र अनुभव पनि बदलिँदै गएको छ । स्मार्टफोन, सामाजिक सञ्जाल र डेटिङ एप्सले सम्बन्ध सुरू गर्ने, अघि बढाउने र अन्त्य गर्ने प्रक्रियालाई नै नयाँ स्वरूप दिएका छन् । डिजिटल युगमा प्रेम अब पत्र,...
आम्दानीको स्रोत बन्यो अटोरिक्सा : मासिक ४० हजार आम्दानी
म्याग्दी, २ फागुन । म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक ४० हजार रूपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव...
काठमाडौँ ६ को क्षेत्रगत, व्यक्तिगत र सामूहिक मुद्दाबारे जानकार छु, चुनाव जित्छु : सबुज बानिया [भिडिओ]
काठमाडौँ, २ फागुन । नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौँ क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बानिया (कृष्ण)ले काठमाडौँको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष चुनावी संवादमा उनले चुनावी अभियानका क्रममा हाल शुभेच्छुक, मतदाता र...