गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि हो : मुख्यमन्त्री पाण्डे
काठमाडौँ, १३ जेठ । नेपालले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै छ । यस अवसरमा सङ्घ तथा प्रदेश सरकारहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् । यसै सन्दर्भमा नेपालमा गणतान्त्रिक शासन व्यवस्था र गण्डकी प्रदेश सरकारले सम्पादन गर्दै आएका विभिन्न काम कारबाही आदिमा केन्द्रित रहेर राष्ट्रिय समाचार समिति (रासस)...
स्वास्थ्यमन्त्री मेहता र भुटानी समकक्षीबिच भेटवार्ता
काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबिच भेटवार्ता भएको छ । स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उहाँहरुबिच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । भेटवार्तामा उहाँहरुबिच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना...
हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल
काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको हो ।...
‘काजी’ : आदर्श पुरुष र खुद्रा पारिवारिक समस्याभित्रको सामाजिक चित्रण
आकाङ्क्षा धामी काठमाडौँ, १३ जेठ । चलचित्र ‘काजी’ मा समयको परिवेश, सम्बन्धको संवेदना र सामाजिक मान्यताबिचको द्वन्द्वलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । विपिन कार्की अभिनीत यो फिल्मले प्रेम, समर्पण र निःस्वार्थ सम्बन्धको कथा भन्न खोज्छ । तर, कथाभित्र लुकेको वैचारिक पक्षले दर्शकलाई अनेक प्रश्न गर्न बाध्य बनाउँछ । के...
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले
दुर्गा देवकोटा कैलाली, १२ जेठ । कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो । आज पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक...
अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द
खाँदबारी, १२ जेठ । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण नदीको सतिघाटमा फेरी सञ्चालन बन्दभएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो । अरुण नदीमा जलस्तर बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरी सञ्चालन रोकिएको छ । नदी धमिलो र पानीको सतह बढेपछि...
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री...
गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो : ध्रुवराज राई
काठमाडौँ, १२ जेठ । नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । गणतन्त्रका लागि विसं २००७, २०१७, २०३६ र २०४६ मा राजनीतिक सङ्घर्ष र जनआन्दोलन भए । २०५२–२०६ को सङ्घर्ष, २०६२/६३ को जनआन्दोलन दोस्रो जनआन्दोलन र मधेस आन्दोलन तथा विभिन्न समयमा भएका सङ्घर्षबाट २०६५ जेठ १५ गते संविधानसभाको...
सार्वजनिक जग्गामा स्याउ बगैँचा
बागलुङ, १२ जेठ । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा ४० लाख रूपैयाँ खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । गाउँपालिका–४ स्थित गोरदी...