हुरीले व्यावसायिक केराखेतीमा क्षति
TNV News Update

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली, ४ चैत । हुरीका कारण सिन्धुलीको दुधौली नगरपालिका–१ बङ्कामा ठुलो क्षति पुगेको छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो । यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुर्‍याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिनुभयो । “यहाँ हामीले सात बिघामा व्यावसायिक केराखेती गरेका थियौँ ।...
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
TNV News Update

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

दिपक चन्द भद्रपुर, ४ चैत । झापाको बाह्रदशी गाउँपालिका–३ स्थित ‘राधानगर’ गाउँ तरकारीखेतीबाट परिचित छ । बिहान झिसमिसै उज्यालो हुनुअघि नै यहाँका किसानहरू खेतबारीतर्फ निस्किसकेका हुन्छन् । करिब ३ बजेदेखि सुरु हुने उनीहरूको कामले गाउँको कृषि गतिविधि चलायमान देखिन्छ । निरन्तर मेहनत, लगाव र परिवारको सहकार्यका कारण यहाँका किसानहरूले तरकारी...
सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार
TNV News Update

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी, ४ चैत । सङ्खुवासभाको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकी २८ वर्षीया सरू राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत प्रसूति गराइएकामा स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको हो । प्रसूति गराइसकेपछि पनि अत्यधिक रक्तस्राव भएपछि उनको...
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
TNV News Update

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौँ, ४ चैत । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकारी दिनुभयो । “भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८०...
रास्वपाको योजना समग्र देशको विकास गर्नु हो : सभापति लामिछाने
TNV News Update

रास्वपाको योजना समग्र देशको विकास गर्नु हो : सभापति लामिछाने

ललितपुर, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताउनुभएको छ । रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा...
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
TNV News Update

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ, सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गर्नुभयो...
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद्‌मा पुर्‍याउने छु : श्रेष्ठ
TNV News Update

लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद्‌मा पुर्‍याउने छु : श्रेष्ठ

काठमाडौँ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद्‌मा पुर्‍याउने बताउनुभएको छ । रास्वपाले लितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुई दिने आवासीय अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै भूमिकाले लैङ्गिक तथा अल्पसङ्ख्यक...
दुर्घटनामा परेको हेलिकोप्टरका घाइतेको उद्धार
TNV News Update

दुर्घटनामा परेको हेलिकोप्टरका घाइतेको उद्धार

काठमाडौँ, ४ चैत । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ । आज बिहान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भइ दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।...
लागुऔषधसहित सात जना पक्राउ
TNV News Update

लागुऔषधसहित सात जना पक्राउ

झापा, ४ चैत । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो । लागुऔषध कारोबारमा संलग्न भएको...