कोशीका अस्पतालमा रगतको अभाव : सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै
जुनु भट्टराई विराटनगर, ५ चैत । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो । चिकित्सकले तत्काल रगतको खोजी गर्न भने । सोही अनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा त्यहाँ मौज्दात नभएपछि उहाँ रक्तदाताको खोजीमा भौँतारिनुभयो । “चिकित्सकले तुरुन्तै रगत चाहिन्छ भन्नुभयो, तर रक्तसञ्चार...
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दी, ५ चैत । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् । बेनीमा रहेको एकीकृत सेवा कार्यालयमार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले एक करोड ४० लाख रूपैयाँ बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायब सुब्बा...
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौँ, ५ चैत । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना,...
लोहोरुङ फुटबल क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा
सुनसरी, ५ चैत । लोहोरुङ फुटबल क्लब सङ्खुवासभा सुनसरीको इटहरी उपमहानगरपालिकामा जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण स्व कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जनता बहुमुखी क्याम्पसको खेलमैदानमा बुधबार भएको खेलमा केराबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै लोहोरुङ क्लब फाइनलमा प्रवेश गरेको हो ।...
‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का
काठमाडौँ, ५ चैत । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताउनुभएको छ । उक्त चलचित्रको सावजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक प्रतिक्रिया दिएपछि पत्रकारसँग कुराकानी गर्दै अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने...
हेलिकोप्टर दुर्घटना अपडेट : घाइते दुई जनाको काठमाडौँस्थित ह्याम्स अस्पताल उपचार हुँदै
काठमाडौँ, ४ फागुन । खोटाङको बालबेँसीमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौँ ल्याइएको छ । विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकोप्टरमार्फत तत्काल उद्धार गरी उनीहरूलाई थप उपचारका लागि दिउँसो १२ः४२ बजे काठमाडौँको ह्याम्स अस्पतालमा...
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
काठमाडौँ, ४ चैत । नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ । आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैङ्कका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो ।...
बालाबेँसी हेलिकोप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
केदार मगर खोटाङ, ४ चैत । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलीकोप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो । चालकसहित छ जना सवार एयर डाइनेष्टीको...
हुरीले व्यावसायिक केराखेतीमा क्षति
सिन्धुली, ४ चैत । हुरीका कारण सिन्धुलीको दुधौली नगरपालिका–१ बङ्कामा ठुलो क्षति पुगेको छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो । यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुर्याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिनुभयो । “यहाँ हामीले सात बिघामा व्यावसायिक केराखेती गरेका थियौँ ।...