इनिशा बिक मृत्यु प्रकरण : सकिएन अनुसन्धान, उठेन शव
TNV News Update

इनिशा बिक मृत्यु प्रकरण : सकिएन अनुसन्धान, उठेन शव

सुर्खेत, ८ चैत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिएपछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ । घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान...
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
TNV News Update

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज, ८ चैत । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका...
ताप्लेजुङको डाँडाकाँडा सेताम्मे
TNV News Update

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ, ८ चैत । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा ताप्लेजुङ जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि चाँदीझैँ सेताम्मे बनेका छन् । मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक...
नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला
TNV News Update

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला

काठमाडौँ, ८ चैत । नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर राख्नुपर्नेमा जोड दिनुभएको छ । शान्ति नायक गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेसन भक्तपुरले शनिबार आयोजना गरेको माल्यार्पण कार्यक्रममा उहाँले सन्तुलित परराष्ट्र नीति नेपालले अवलम्बन गर्नुपर्ने बताउनुभएको हो । “छिमेकी मुलुकसँग राम्रो सम्बन्ध...
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
TNV News Update

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक, ८ चैत । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि...
आलु उत्पादक किसान भन्छन्- ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
TNV News Update

आलु उत्पादक किसान भन्छन्- ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

राज कुमार पराजुली काभ्रेपलाञ्चोक, ८ चैत । काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा अहिले किसान धमाधम आलु खनिरहेका छन् । खेतका...
पौवादुङमाका किसान उद्यममा जोडिँदै
TNV News Update

पौवादुङमाका किसान उद्यममा जोडिँदै

भोजपुर, ८ चैत । पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसान अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम्दानी गर्ने बाटोमा अघि बढेका छन् । गाउँपालिकाले ५०...
कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
TNV News Update

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ८ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र...
नयाँ जनादेशले देश विकासका लागि नयाँ ढोका खोल्ने विश्वास छ : मुख्यमन्त्री कार्की
TNV News Update

नयाँ जनादेशले देश विकासका लागि नयाँ ढोका खोल्ने विश्वास छ : मुख्यमन्त्री कार्की

विराटनगर, ८ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ ले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभएका छ । शनिबार यहाँ इटहरीमा आयोजित अवार्ड वितरण समारोहमा उहाँले मिडिया क्षेत्रसँग सहकार्य गर्दै प्रदेश सरकारले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै यस्तो कार्यक्रमले थप सकारात्मक ऊर्जा प्राप्त...