सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ
काठमाडौँ, १२ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारलाई सघाउने पक्षमा रहेको बताउनुभएको छ । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुग्नुभएका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ...
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
दैलेख, १२ चैत । दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो । तर, यहाँस्थित दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएका आठबीस नगरपालिका–७ गैराखेतका एक युवकको ज्यान जोगिएको छ ।...
काङ्ग्रेस प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्छ : जनकराज गिरी
सन्तोषी रावल काठमाडौँ, १२ चैत । बाजुरा जिल्लाबाट नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित जनकराज गिरीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्ने बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले संसद्मा आफ्नो भूमिका, काङ्ग्रेसभित्रका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्नुभएको...
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
अच्युत रेग्मी काठमाडौँ, १२ चैत । हुनत: यो चैत वैशाखको याम जताततै रूखबिरुवामा पालुवा पलाउने र हरियाली हुने सयम हो । तर, यसपटक भने काठमाडौँ उपत्यकामा अघिल्ला वसन्तहरूभन्दा केही बढी हरियाली छाएको देखिएको छ । वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौँका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन्...
चुलोचौकोदेखि क्याम्पससम्म : बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
सुदीप राउत सप्तरी, १२ चैत । सप्तरीको सुरुङ्गा नगरपालिका-१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उहाँको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बित्यो । यो बिचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा पर्यो, तर...
एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, १२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्यवृद्धि गरेको ११ दिन नबित्दै निगमले बुधबार मध्यरातदेखि लागु हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो...
निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल
काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठुलो दायित्व आएको बताउनुभएको छ । निर्वाचन आयोग नेपालद्वारा आज आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्छ भन्नुभयो ।...
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
सिरहा, ११ चैत । गत माघ १६ गते सिरहाको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए । मृतक यादवका दुई नाबालक...
स्काभेक्टर चालकको पुरिएर मृत्यु
लमजुङ, ११ चैत । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा पुरिएर आज एक स्काभेटर चालकको मृत्यु भएको छ । भाचे–भदौरे सडकखण्ड फराकिलो बनाउने क्रममा नवलपुर (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१२ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय विक्की महतो स्काभेटरसहित पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार...