किसान चैतेधान रोप्नमा व्यस्त
भोजपुर, १५ चैत । भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् । जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ । समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने...
ढोरपाटनमा दोस्रो यामको सिकार सुरू
खेमराज गौतम बागलुङ, १४ चैत । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरू भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो । दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने...
जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
काठमाडौँ, १४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज यहाँ मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उहाँले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम...
पूरा हुनेभयो कृष्ण बहादुरको ‘ओत लाग्ने सपना’
इलाम, १४ चैत । हरेक हावाहुरीसँगै कृष्ण बहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरू हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका–५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठुलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र...
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
धरान, १४ चैत । धरानमा सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ दौड प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फको उपाधि प्रिया तामाङले जित्नुभएको छ । आज सम्पन्न १० किलोमिटर दौड धरानका धावक थापाले २५ मिनेट ५१ सेकेन्डमा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा उक्त दुरी पार गर्नुभयो ।...
एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर...
ओलीको रिहाइको माग गर्दै एमालेद्वारा देशव्यापी विरोध कार्यक्रम घोषणा
काठमाडौँ, १४ फागुन । नेकपा (एमाले) सचिवालयको आकस्मिक बैठकले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । पार्टीको आकस्मिक सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई गैरकानुनी तरिकाबाट पक्राउ गरिएको बताउनुभयो । बैठकले उक्त कदम लोकतान्त्रिक मूल्य र कानुनी...
Nepal now has an opportunity to deliver meaningful change : Chhatra Bhatta
Chhatra Bahadur Bhatta is active in politics and social service and has long maintained that Nepal-India relations must be strengthened. Born in Jaisara, Ganyapdhura Rural Municipality-6 of Dadeldhura, Bhatta began his education in India while living with his father, who was working there. This early exposure fostered a close proximity...
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
काठमाडौँ, १४ चैत । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नम्बर गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो । उहाँलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश...