दुई वर्षसम्म सक्नुपर्ने मल्याङ्दी खोला मोटरेबल पुल २५ प्रतिशतमात्र काम
पर्वत, २३ चैत । पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल दुई वर्षदेखि अलपत्र बनेको छ । जिल्लाको कुश्मा–१० पिपलटारीको सिमखेतदेखि फलेवास–३ शङ्करपोखरीको सिसाठाँटी जोड्ने पुल निर्माण कम्पनीले समयमै काम नगरेपछि अलपत्र बनेको हो । आर्थिक वर्ष २०८०÷८१ असारमा सम्झौता भइ दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुल अहिले २५...
श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराज ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न
म्याग्दी, २३ चैत । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारिरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको हो । नाताले आफन्त पर्ने...
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २३ चैत । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्ने छ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली...
‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि
सनद अधिकारी चितवन, २३ चैत । कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर, अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा लागु नहुँदा ती अनुसन्धानमै सीमित भएका पनि छन् । कृषि उत्पादनका लागि...
अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा
काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एवम् पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका...
नवनियुक्त महान्याधिवक्ता डा.कँडेलको शपथ
काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । आज यहाँ सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उहाँले शपथग्रहण गर्नुभएको हो । त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको...
शनिबार र आइतबार सार्वजनिक बिदा
काठमाडौँ, २२ चैत । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागु हुनेछ । बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व...
जिप दुर्घटनामा दुई जनाको मृत्यु, ११ जना घाइते
गुल्मी, २२ चैत । गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । गुल्मी दरबार गाउँपालिका–४ वीरबाससस्थित मिसुकामा लु१च ४९०६ नम्बरको जिप आज दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय कृष्ण ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी...
हेटौँडा सिमेन्ट उद्योगले पुनःजीवन पाउन लागेको हो ?
मकवानपुर, २२ चैत । हेटौँडा सिमेन्ट उद्योग परिसरमा झाडी सरसफाई अभियान सञ्चालन गरिएको छ । उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न निकायका प्रतिनिधि तथा अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । अभियानअन्तर्गत उद्योग परिसरभित्र फैलिएको झाडी, घाँस तथा अव्यवस्थित...