नवनियुक्त महान्याधिवक्ता डा.कँडेलको शपथ

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । आज यहाँ सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उहाँले शपथग्रहण गर्नुभएको हो । त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा.कँडेललाई आजै उक्त पदमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त महान्याधिवक्ता डा.कँडेलको शपथ

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

आज यहाँ सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उहाँले शपथग्रहण गर्नुभएको हो ।

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा.कँडेललाई आजै उक्त पदमा नियुक्त गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *