मछिन्द्र क्लब इलाम गोल्डकपको फाइनलमा
इलाम, ९ वैशाख । मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का...
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ, ९ वैशाख । काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती...
जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी
कृष्णराज गौतम काठमाडौँ, ९ वैशाख । जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ले वनस्पति, जीवाणु र तिनीहरूको आपसी सम्बन्धलाई दीर्घकालीन बनाउने प्रतिबद्धता प्रकट गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा यही वैशाख ४ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनले पृथ्वीमा रहेका सम्पूर्ण प्राणीको सहअस्तित्वलाई...
नेपालले रूवाण्डालाई हरायो
काठमाडौँ, ९ वैशाख । आइसिसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रूवाण्डालाई पराजित गरेको छ । रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो । घरेलु टोली रुवाण्डाले नेपाललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९।४...
विपद्को प्रकृति र प्रवृत्ति मात्र होइन आवृतिमा पनि फेरबदल भइरहेको छ : प्रवक्ता महत
प्रमिला कार्की काठमाडौँ, ९ वैशाख । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा जलवायु परिवर्तन, अनियन्त्रित विकास निर्माण र बदलिँदो मौसमी प्रणालीका कारण विपद् जोखिम अझ बढ्दै गएको जनाएको छ । पृथ्वी दिवसको अवसरमा नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी...
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ, ९ वैशाख । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)द्वारा तयार पारिएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी सम्प्रेषित समाचार सामग्रीसहितको प्रतिवेदन आज ग्रहण गर्दै उहाँले निर्वाचन सम्पन्न...
गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा
काठमाडौँ, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागु हुने गरी गृहमन्त्री पदबाट...
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
म्याग्दी, ९ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा छ वर्षदेखि ‘गोठस्टे’ सञ्चालन गर्दै...
‘वामपन्थी शक्तिबिच एकता आवश्यक छ’
काठमाडौँ, ९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबिच एकता आवश्यक भएको बताउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको...