इरान–अमेरिका वार्ता निष्कर्षविहीन
रासस/एएफपी । मध्यपूर्वमा चर्किँदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबिचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घन्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिनुभयो । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वासिङ्टनले तेहरानसँग आणविक हतियार...
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
काठमाडौँ,२९ चैत । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर...
अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
सुनसरी, २९ चैत । जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरू गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरू गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । नगरपालिकाको कार्यालयले...
तनहुँमा होमस्टे सर्किट विकास गरिँदै
तनहुँ, २९ चैत । तनहुँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर नेपालको पहिलो घरबास (होमस्टे) सर्किट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा अघि सारिएको ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ढाँचाका रूपमा हेरिएको छ । सांस्कृतिक सम्पदालाई...
विराट गोल्डकप फुटबल प्रतियोगिता : झापा–११ विजयी
मोरङ, २९ चैत । विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरू भएको उद्घाटन खेलमा झापा–११ विजयी भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको फ्लड लाइटमा (रात्रिकालीन) नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाल आर्मीलाई २–१ गोलले पराजित गरेको हो । झापाका खेलाडीले फागुराम थारूले खेलको १०औँ र ४४औँ...
शैक्षिकसत्र अगावै आइपुग्यो पाठ्यपुस्तक
जुम्ला, २९ चैत । जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । विद्यालय सञ्चालनमा आएलगत्तै सबै स्थानीय तहका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने गरी शिक्षा शाखालाई निर्देशन दिइसकेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो...
मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई
दाङ, २८ चैत । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ अङ्कले पाल्पालाई...
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, २९ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ । मौरिससको पोर्ट लुइसमा आजदेखि सुरू भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उहाँले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको...
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : प्रचण्ड
काठमाडौँ, २८ चैत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको राजनीतिक प्रशिक्षणमा उहाँले आफूहरु संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्नुभयो । “संविधानभित्र...