कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी [भिडिओ]
सनतोषी रावल काठमाडौँ, २१ चैत । नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको संवादमा उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ्चार र विद्युत्...
महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित
काठमाडौँ, २१ चैत । राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुदलगायतका क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत अग्रज महिलाहरूलाई विशेष सम्मान अर्पण गरिइएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित विशेष कार्यक्रममा प्रथम राष्ट्रपति रामवरण यादव, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल चेम्बर अफ...
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
काठमाडौँ, २० चैत । इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (युएई) र...
एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरू
खाँदबारी, २० चैत । सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का उत्तरपुस्तिका परीक्षण सुरू गरिएको छ । सरकारले छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएअनुसार जिल्लाभरका १७ वटै परीक्षा केन्द्रमा परीक्षण सुरू गरिएको हो । आज दिउँसो १२ बजेदेखि १७ वटै परीक्षा केन्द्रको उत्तरपुस्तिका...
सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र
खोटाङ, २० चैत । खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आज सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्ति, सुरक्षासम्बन्धी समस्या तत्काल समाधान गरी आमनागरिकको डरत्रासमुक्त भएर बाँच पाउने अधिकार...
सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्
सिद्धराज भट्ट सुदूरपश्चिम, २० चैत । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो । यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र...
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री डा.वाग्ले
वीरगञ्ज, २० चैत । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुत गतिमा अगाडि बढाएको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताउनुभयो । “प्रधानमन्त्रीले एउटा गति...
भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तारतम्य मिलाइँदै
रमेश गिरी भक्तपुर, २० चैत । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरू हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरबको रथ तानेर सुरू हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो...
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
तनहुँ, २० चैत । आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नम्बर ६ को कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ । यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा...