एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरू

खाँदबारी, २० चैत । सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का उत्तरपुस्तिका परीक्षण सुरू गरिएको छ । सरकारले छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएअनुसार जिल्लाभरका १७ वटै परीक्षा केन्द्रमा परीक्षण सुरू गरिएको हो । आज दिउँसो १२ बजेदेखि १७ वटै परीक्षा केन्द्रको उत्तरपुस्तिका परीक्षण कार्य सुरू गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालमान भण्डारीले जानकारी दिनुभयो । आज साँझसम्म सक्ने गरी अङ्ग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण सुरू गरिएको उहाँले बताउनुभयो । उत्तरपुस्तिका परीक्षणका लागि फरकफरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको र सुरक्षाका लागि सिसीटिभी क्यामरा जडानलगायत आवश्यक प्रबन्ध गरिएको इकाई प्रमुख भण्डारीले जानकारी दिनुभयो । यहाँ जिल्लाभर दुई हजार ८४९ जना परीक्षार्थी रहेका छन् । जसमा नियमिततर्फ दुई हजार १२५ र ग्रेडवृद्धितर्फ पाँच सय २३ जना छन् । -रासस

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरू

खाँदबारी, २० चैत । सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का उत्तरपुस्तिका परीक्षण सुरू गरिएको छ । सरकारले छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएअनुसार जिल्लाभरका १७ वटै परीक्षा केन्द्रमा परीक्षण सुरू गरिएको हो ।

आज दिउँसो १२ बजेदेखि १७ वटै परीक्षा केन्द्रको उत्तरपुस्तिका परीक्षण कार्य सुरू गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालमान भण्डारीले जानकारी दिनुभयो । आज साँझसम्म सक्ने गरी अङ्ग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण सुरू गरिएको उहाँले बताउनुभयो ।

उत्तरपुस्तिका परीक्षणका लागि फरकफरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको र सुरक्षाका लागि सिसीटिभी क्यामरा जडानलगायत आवश्यक प्रबन्ध गरिएको इकाई प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

यहाँ जिल्लाभर दुई हजार ८४९ जना परीक्षार्थी रहेका छन् । जसमा नियमिततर्फ दुई हजार १२५ र ग्रेडवृद्धितर्फ पाँच सय २३ जना छन् । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *