मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट
कमल कुमार बस्नेत मस्को, १८ वैशाख । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो । रुस नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो । उनीहरु यो त हाम्रा लागि सबैभन्दा राम्रो मौसम हो,...
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
काठमाडौँ, १८ वैशाख । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासी बस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् । दशरथ रङ्गशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास...
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरू
प्रतीक्षा आले गोरखा, १८ वैशाख । उँभौली पर्व सुरू भएसँगै छ महिनाअघि बेँसी झरेका गोठाला भेडाबाख्रा धपाउँदै लेकतिर उक्लेका छन् । चुमनुब्री गाउँपालिका–३ पाङसिङका गोठालाहरु हजारौँ भेडाबाख्रा धपाउँदै लेकतिर लागेको जगतका लक्ष्मण कार्कीले बताउनुभयो । चुमनुब्री–३ पाङसिङ गोरखाकै सबैभन्दा धेरै भेडापालन गर्ने गाउँ हो । हिउँद लाग्न थालेपछि लेकबाट खोर्ला,...
धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल
प्रमिला कार्की काठमाडौँ, १८ वैशाख । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे १ मा मनाइने यो दिवस श्रमिकहरूको ऐतिहासिक संघर्ष, बलिदान र अधिकारको प्रतिकका रूपमा स्थापित हुँदै आएको छ । पेसागत महासंघका अध्यक्ष प्रेमल कुमार खनालका अनुसार मे दिवस...
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरू हुन्छ : प्रधानमन्त्री शाह
काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरू हुने बताउनुभएको छ । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका सुअवसरमा सामाजिक सञ्जालमार्फत सम्पूर्णमा दिनुभएको प्रज्ञामय शुभकामनामा उहाँले त्यो ‘ज्ञ’ ज्ञान भएको स्पष्ट गर्नुभएको छ । बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको...
द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरू बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान
काठमाडौँ, १८ वैशाख । बुद्ध दर्शनका अध्येता, विश्लेषक तथा सामाजिक अभियन्ता बुद्ध छिरिङ मोक्तानले वर्तमान विश्वमा बढ्दो उपभोक्तावाद र मानसिक तनावका बिच गौतम बुद्धको ‘मध्यम मार्ग’ झन् सान्दर्भिक बन्दै गएको बताउनुभएको छ । बुद्ध जयन्तीको सन्दर्भमा नेपाल न्युज बैङ्कसँगको विशेष संवादमा उहाँले बुद्ध दर्शनको दार्शनिक, सामाजिक–राजनीतिक र विश्वव्यापी प्रभावबारे विस्तृत...
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
काठमाडौँ, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबिच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ । किरात समुदायको पर्व उभौलीका अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता सांस्कृतिक पर्वहरूले देशको सांस्कृतिक विविधताको सम्मान र...
वैशाख शुक्ल पूर्णिमा : मनाइँदै बुद्ध जयन्ती
काठमाडौँ, १८ वैशाख । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो...
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’
काठमाडौँ, १८ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्द्धन गर्नका साथै सबै नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ भनी कामना गर्नुभएको छ । उहाँले आज उभौली पर्वका अवसरमा किरात समुदायलगायत सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा...