झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानी खेती : १० लाख आम्दानी गर्ने लक्ष्य
स्याङ्जा, ६ जेठ । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गर्नुभएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानी खेती थालिएको हो । एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा...
नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी
काठमाडौँ, ६ जेठ । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण र कोभिड–१९ महामारीपछिको बदलिँदो स्वास्थ्य परिस्थितिका कारण बालबालिकाहरूमा भाइरल इन्फेक्सनको जोखिम तीव्र रूपमा बढेको पाइएको छ । जाडो मौसम सकिएर गर्मी र वर्षायाम सुरू हुने यो सङ्क्रमणकालीन समयमा बालबालिकाहरू अत्यधिक बिरामी पर्ने गरेका छन् । अरिन अस्पतालमा कार्यरत वरिष्ठ...
पहिरोले विद्यालय भवन बगायो
हुम्ला, ६ जेठ । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको चङ्खेली–५ का बासिन्दा छक्क बहादुर तामाङले जानकारी दिनुभयो । चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र...
बिम गाउँमा पक्की पदमार्ग
म्याग्दी, ६ जेठ । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताउनुभयो । “उकालो, ओरालोमा हिँड्डुल गर्दा...
मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा.वाग्ले
काठमाडौँ, ६ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी)...
‘लालीबजार’को चर्चा वर्षौँसम्म हुनेछ : नीर शाह
काठमाडौँ, ५ जेठ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताउनुभएको छ । सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी कयौँ वर्षसम्म चर्चामा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रका निर्माता, निर्देशक र...
चलचित्र ‘काजी’ घर–घरको कथा हो, दर्शक निराश हुनुहुन्न : विपिन कार्की
काठमाडौँ, ५ जेठ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताउनुभएको छ । विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित...
विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई जना पक्राउ
मुस्ताङ, ५ जेठ । नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान...
जोखिम मोलेर मह सिकार
राम थापा गण्डकी, ५ जेठ । वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ । यतिबेला गण्डकी प्रदेशका पहाडी जिल्लामा मह सिकार भइरहेको छ । अक्करे भिरमा जोखिम मोलेर सिकारीहरू भिरमौरीको मह सिकार गर्न व्यस्त छन् । मह काढ्ने पितापुर्खाको सीपलाई उनीहरूले जीवन्त तुल्याएका छन् । पछिल्लो सयम मह सिकार...