Category: TNV News Update

ट्रेड युनियन सजिलै खारेजी गर्ने घोषणा व्यावहारिक देखिँदैन : अजय कुमार राई
TNV News Update

ट्रेड युनियन सजिलै खारेजी गर्ने घोषणा व्यावहारिक देखिँदैन : अजय कुमार राई

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले ‘दलीय ट्रेड युनियन’ खारेज गर्ने घोषणा गरेसँगै मुलुकको प्रशासनिक र राजनीतिक वृत्तमा ठुलो तरंग पैदा गरेको छ । सरकारले सार्वजनिक प्रशासनलाई चुस्त बनाउन र राजनीतिक हस्तक्षेप अन्त्य गर्न यो कदम चालेको बताए पनि सरकारको...
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
TNV News Update

तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते

चितवन, २१ चैत । भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बलेरो एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते
TNV News Update

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

लमजुङ, २१ चैत । आज साँझ लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेँसीसहरदेखि मर्स्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार मर्स्याङ्दी गाउँपालिका–७ उस्ताका ४० वर्षीय गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीय पुष्पा...
मदिरा पिएर सडकमा निस्किएका नौ चालक कारबाहीमा
TNV News Update

मदिरा पिएर सडकमा निस्किएका नौ चालक कारबाहीमा

काठमाडौँ, २१ चैत । मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका...
काङ्ग्रेस १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण
TNV News Update

काङ्ग्रेस १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

ललितपुर, २१ चैत । नेपाली काङ्ग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुवात गरेको छ । काङ्ग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आजदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा...
काङ्ग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : नेता डा.कोइराला
TNV News Update

काङ्ग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : नेता डा.कोइराला

काठमाडौँ, २१ चैत । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले काङ्ग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताउनुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले काङ्ग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताउनुभयो ।...
ट्रम्पको २०२७ बजेट प्रस्ताव : रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रममा कटौती
TNV News Update

ट्रम्पको २०२७ बजेट प्रस्ताव : रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रममा कटौती

रासस/एपी, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गर्नुभएको छ । यो दशकमा सबैभन्दा ठुलो रक्षा खर्चको अनुरोध हो र यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ । यो रक्षा खर्चमा करिब ४४ प्रतिशतको...
पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’
TNV News Update

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

अञ्जली थापा हेटौँडा, २१ चैत । जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके, माया गरे… तर आज ऊ नौ वर्ष पुग्दा कसैले उसको हालखबर सोध्दैनन् । स्वथ्य र राम्रो छोरा पायौँ नि भनेर बधाई दिने आफन्त र छिमेकीहरू आज उनको घर आउँदा छोराले ‘चकचक’ गरेको मात्र सम्झिन्छन्, तर...
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
TNV News Update

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध...