Category: TNV News Update

दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर
TNV News Update

दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर

सर्लाही, १० जेठ । उपसभामुख रुवी कुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताउनुभएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले यहाँ आज आयोजना गरेको बालविवाह एवम् दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताउनुभयो । छोरीलाई बोझ मान्ने लैङ्गिक...
नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छ : शिक्षामन्त्री पोखरेल
TNV News Update

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, १० जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता...
पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
TNV News Update

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

हेमन्त केसी सुर्खेत, १० जेठ । पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हो । जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०÷११ को बिचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरू भएको छ । २५ मिटर लामो पुल...
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
TNV News Update

प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा

काठमाडौँ, १० जेठ । नेपालको तीन दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनुभएको छ । ‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्ट्रिज’द्वारा आज आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफलमा उहाँले दुई...
अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
TNV News Update

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कृष्ण दवाडी कास्की, १० जेठ । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनादेखी सुरू हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर, फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ । अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा...
बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
TNV News Update

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर, १० जेठ । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल...
संस्कृति जोगाउन धरानमा लिम्बू समुदायको केलाङ नाच प्रशिक्षण
TNV News Update

संस्कृति जोगाउन धरानमा लिम्बू समुदायको केलाङ नाच प्रशिक्षण

संगीता राई धरान, ९ जेठ । लिम्बू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा नयाँपुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ । प्रशिक्षक कुमार हुक्पा चोङ्बाङले आधुनिकताको प्रभावसँगै युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै गइरहेका बेला यस्ता प्रशिक्षणले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।...
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
TNV News Update

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौँ, ७ जेठ । मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित सो चलचित्रले विशेषगरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ । सो चलचित्र प्रदर्शन...
बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने
TNV News Update

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ, ७ जेठ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेकोे सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना सफल हुन थप छ महिना लाग्ने भएको छ । हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा...