Category: TNV News Update

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरू हुने
TNV News Update

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरू हुने

भक्तपुर, ५ फागुन । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवम् ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षा बिहान...
तीन किलो चाँदीसहित एक जना पक्राउ
TNV News Update

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ, ५ फागुन । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रूपैयाँको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रुवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको...
उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
TNV News Update

उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की,५ फागुन । पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पाहुना टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो । आभा...
काठमाडौँ–५ मा उज्यालो नेपालका गुरुङको दाबी : ‘परिणाममुखी राजनीति गर्छु’
TNV News Update

काठमाडौँ–५ मा उज्यालो नेपालका गुरुङको दाबी : ‘परिणाममुखी राजनीति गर्छु’

आकाङ्क्षा धामी काठमाडौँ, ५ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका श्री गुरुङ (श्रीराम) चुनावी अभियानलाई तीव्र बनाइरहनुभएको छ । घरदैलो, भेटघाट र अन्तरक्रियामा सक्रिय देखिएका उहाँले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्नुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा गुरुङले पछिल्लो समय मतदाता देशको भविष्यप्रति...
भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै
TNV News Update

भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै

बेलबारी, ५ फागुन । बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आउनुभएको छ । मकै पोलेरै जीविका चलाउँदै आउनुभएकी उहाँलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उहाँका अनुसार २५ रूपैयाँ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा ५०...
भैरहवामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
TNV News Update

भैरहवामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

रुपन्देही, ५ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित लुम्बिनी सडकखण्डमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । मङ्गलबार बिहान लुम्बिनी गेटनजिकै कागजले बेरिएको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ कालीभक्ती गणबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित रुपमा...
दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो
TNV News Update

दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

खोटाङ, ५ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दुरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका...
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
TNV News Update

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

कास्की, ५ फागुन । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा...