Category: TNV News Update

सामाजिक क्षेत्रबाट संसद्‌को यात्रामा बिना गुरुङ
TNV News Update

सामाजिक क्षेत्रबाट संसद्‌को यात्रामा बिना गुरुङ

पोखरा, २४ फागुन । सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलोपटक सङ्घीय संसद्‌मा प्रवेश गर्नुभएको छ । उहाँ प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले जित हासिल गर्न सफल हुनुभयो । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङ ३७ हजार ७५० मतसहित...
सुनसरी–१ मा श्रम संस्कृतिका साम्पाङ निर्वाचित
TNV News Update

सुनसरी–१ मा श्रम संस्कृतिका साम्पाङ निर्वाचित

धरान, २४ फागुन । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी...
राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री कार्की
TNV News Update

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन आवश्यक भएको बताउनुभएको छ । एक सय सोह्रौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रमा उहाँले समाजमा पछि परेका, विकासको मूलधारबाट वञ्चित महिला बढी प्रताडित हुनुपरेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका...
खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित
TNV News Update

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित

खोटाङ, २४ फागुन । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित हुनुभएको हो । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२...
अन्तर्राष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला
TNV News Update

अन्तर्राष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

काठमाडौँ, २४ फागुन । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलामा १.३ प्रतिशत गुणाले अन्धोपना हुनसक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुक्खा आँखा हुने समस्या बढी देखिन्छन् । महिलामा आँखाको समस्या बढी हुने भए पनि उपचारमा महिलाको पहुँच...
शिक्षकदेखि संसद्सम्म जोशीको यात्रा
TNV News Update

शिक्षकदेखि संसद्सम्म जोशीको यात्रा

कैलाली, २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बझाङको दुर्गम गाउँबाट सुरू भएको उहाँ जीवनयात्रा अहिले संसद्सम्म पुगेको छ । विसं २०४३ असार २८ गते सुदूरपश्चिम प्रदेश बझाङको जयपृथिबी नगरपालिका–२ बाँझगाउँमा जन्मिएका जोशी शिक्षक परिवारका सदस्य...
सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा
TNV News Update

सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा

बागलुङ, २४ फागुन । आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्को यात्रा थाल्नुभएको छ । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध शर्माले पश्चिम बागलुङको क्षेत्र नम्बर २ को निर्वाचन जित्न सफल हुनुभएको छ । ३४ वर्षीय शर्मा सामाजिक अभियान्ता, जेनजी आन्दोलनका अगुवा हुँदै प्रतिनिधिसभा...
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित
TNV News Update

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४२६ मतका...
गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी
TNV News Update

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी, २३ फागुन । गुल्मी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी हुनभएको छ । आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार १४ हजार ४६१ मतान्तरसहित ढकाल निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम...