गृहमन्त्री र चिनियाँ राजदूतबिच भेटवार्ता
काठमाडौँ, २६ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबिच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबिचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो...
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
चितवन, २६ फागुन । भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ । यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही...
व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
भोजपुर, २६ फागुन । भोजपुरस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्तार गर्दै किसान व्यावसायिक कृषि प्रणालीमा उन्मुख भएका हुन् । यहाँका किसानले हाल सुन्तला, एभोकाडो, कागती, जुनारलगायत...
मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह
काठमाडौँ, १६ फागुन । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठुला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन...
ललितपुरबाट चितुवाको उद्धार
काठमाडौँ, २६ फागुन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ । सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित १० वर्षको ६० किलो...
पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक जना घाइते
दिपेश पौडेल रौतहट, २६ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक...
सर्लाहीमा समानुपातिकतर्फ रास्वपा पहिलो
राजेन्द्र विश्वकर्मा सर्लाही, २६ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सर्लाही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार जिल्लाका चारै वटा निर्वाचन क्षेत्रमा रास्वपाले अन्य दलहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै अग्रस्थान कायम गरेको हो । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले...
सङ्खुवासभामा एमालेका कार्की निर्वाचित
खाँदबारी, २६ फागुन । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का डा.अर्जुन कुमार कार्की विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गर्नुभएको...
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
खोटाङ, २५ फागुन । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ । प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ समेत श्रम संस्कृति पार्टीलाई नै बढी मत दिएका हुन् । समानुपातिकतर्फ कूल ६३ हजार २५७ मत...