Author: The Nepali Video

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम
TNV News Update

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

डा.प्रकाश बुढाथोकी काठमाडौँ, ७ जेठ । नेदरल्यान्ड्स अर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेन्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए । उक्त क्रुजशिपमा हन्टा भाइरसको एन्डिस स्टे«न फैलिएपछि दुई डच नागरिकसहित तीन जनाको मृत्यु, पाँच जना प्रयोगशाला प्रमाणित...
बढघर हुनु त यस्तो पो …
TNV News Update

बढघर हुनु त यस्तो पो …

कैलाली, ७ जेठ । मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन । सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा)को नेतृत्व गरिरहनुभएको रहेछ । उहाँका अनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ । आश्रयस्थलमा राजनीतिक...
मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना
TNV News Update

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

काठमाडौँ, ७ जेठ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई...
बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?
TNV News Update

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

कमलकुमार बस्नेत काठमाडौँ, ६ जेठ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन् २००६ मै डेटालाई नयाँ तेलका रुपमा व्याख्या गर्नुभएको थियो । अर्थात् आधुनिक अर्थतन्त्रमा डेटा (सूचना)ले तेलले जस्तै शक्ति र मूल्य राख्न थालेको छ भन्ने उहाँको भनाइ थियो । औद्योगिक युगमा अर्थतन्त्र चलाउने मुख्य स्रोत तेल थियो,...
पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान
TNV News Update

पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

राम थापा गण्डकी, ६ जेठ । छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो । सन् २०२५ मार्चमा निजी...
सीमा विवाद : घाइते ४ जनाको हेलिकोप्टरमार्फत उद्धार
TNV News Update

सीमा विवाद : घाइते ४ जनाको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा, ६ जेठ । हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए । आक्रमणमा परी...
प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैन : मन्त्री डा.तिमिल्सिना
TNV News Update

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैन : मन्त्री डा.तिमिल्सिना

काठमाडौँ, ६ जेठ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताउनुभयो । “प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र...
प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर
TNV News Update

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

नारायण न्यौपाने काठमाडौँ, ६ जेठ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका स्वयं कर्मचारीलाई नै थप सूसूचित गराउनुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रसेवक निजामतीसहित सरकारी स्वामित्व रहेका सङ्घसंस्थाका कर्मचारीको सरुवा, बढुवा र विभागीय कारबाहीका विषयमा चित्त नबुझेमा पुनरावेदन गर्ने निकायका रूपमा उक्त अदालत रहेको छ । नेपाल सरकार...
प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ
TNV News Update

प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

वासुदेव पौडेल/सन्तोष गौतम म्याग्दी, ६ जेठ । आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा छपक्क छापिएका परम्परागत शैलीका ढुङ्गे घरहरू । गाउँले परिवेश, आत्मीयपन भएका स्थानीयवासी । यस्तैयस्तै विशेषताले भरिएको छ म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित मुदीगाउँ । मगर समुदायको बाहुल्यता रहेको गाउँ वरपर रहेका हिउँदमा बेँसी...