प्रथम बुढीगङ्गा फुटबल : सिरहाको सलहेस क्लब विजयी

मोरङ, २२ चैत । मोरङको बुढीगङ्गा गाउँपालिकामा शनिबारदेखि सुरु भएको प्रथम बुढीगङ्गा गोल्डकप–२०८२ फुटबल प्रतियोगितामा सलहेस फुटबल क्लब सिरहा, मधेस प्रदेश विजयी भएको छ । पालिकाद्वारा सञ्चालित उक्त प्रतियोगिता वडा नम्बर २ अमाही खेलमैदानमा भएको प्रतिस्पर्धात्ममा सलहेस क्लबले आरआइएफसी काठमाण्डौँलाई ४–३ गोलले पराजित गरेको हो । प्रतियोगितामा कोशी, मधेस, बागमती प्रदेश र भारतको पश्चिम बङ्गालका गरी आठवटा प्रदेशस्तरीय ‘ए’ श्रेणीको क्लबको सहभागिता रहेको पालिकाका अध्यक्ष जीतनारायण थापामगरले जानकारी दिनुभयो । बुढीगङ्गा गाउँपालिका टिम, सलेहश युवा फुटबल क्लब सिरहा, राजारानी युवा क्लब, धनकुटा, धरान फुटबल क्लब, धरान, चात्या फुटबल क्लब झापा, आरआइएफसी काठमाडौँ, नाइजेरियन क्लब र कञ्चनजङ्घा क्लब सिलीगुढी पश्चिम बङ्गाल भारत रहेका प्रतियोगिताका संयोजक रेवतीनारायण चौधरीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने विजेता टोलीलाई पाँच लाख रूपैयाँ, उपविजेतालाई दुई लाख ५० हजार रूपैयाँ नगदसहित विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ३९ लाख रूपैयाँ खर्च लाग्ने अनुमान छ । युवालाई खेलप्रति आकर्षित...

प्रथम बुढीगङ्गा फुटबल : सिरहाको सलहेस क्लब विजयी

मोरङ, २२ चैत । मोरङको बुढीगङ्गा गाउँपालिकामा शनिबारदेखि सुरु भएको प्रथम बुढीगङ्गा गोल्डकप–२०८२ फुटबल प्रतियोगितामा सलहेस फुटबल क्लब सिरहा, मधेस प्रदेश विजयी भएको छ ।

पालिकाद्वारा सञ्चालित उक्त प्रतियोगिता वडा नम्बर २ अमाही खेलमैदानमा भएको प्रतिस्पर्धात्ममा सलहेस क्लबले आरआइएफसी काठमाण्डौँलाई ४–३ गोलले पराजित गरेको हो । प्रतियोगितामा कोशी, मधेस, बागमती प्रदेश र भारतको पश्चिम बङ्गालका गरी आठवटा प्रदेशस्तरीय ‘ए’ श्रेणीको क्लबको सहभागिता रहेको पालिकाका अध्यक्ष जीतनारायण थापामगरले जानकारी दिनुभयो ।

बुढीगङ्गा गाउँपालिका टिम, सलेहश युवा फुटबल क्लब सिरहा, राजारानी युवा क्लब, धनकुटा, धरान फुटबल क्लब, धरान, चात्या फुटबल क्लब झापा, आरआइएफसी काठमाडौँ, नाइजेरियन क्लब र कञ्चनजङ्घा क्लब सिलीगुढी पश्चिम बङ्गाल भारत रहेका प्रतियोगिताका संयोजक रेवतीनारायण चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने विजेता टोलीलाई पाँच लाख रूपैयाँ, उपविजेतालाई दुई लाख ५० हजार रूपैयाँ नगदसहित विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ३९ लाख रूपैयाँ खर्च लाग्ने अनुमान छ ।

युवालाई खेलप्रति आकर्षित गराइ लगनशील एवम् अनुशासित बनाई पालिकालाई फुटबलको उर्वरभूमिका रूपमा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको हो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष थापा मगरले खेलकुदको माध्यमबाट यस क्षेत्रका युवाहरूलाई रोजगार उपलब्ध गराउन विभिन्न विधामा युवायुवतीलाई प्रशिक्षण दिइरहेको जानकारी गराउनुभयो ।

पालिकाले आफ्नै खर्चमा ५० जना युवालाई विगत एक वर्षदेखि फुटबलको प्रशिक्षण दिइ प्रतियोगिताका लागि ३२ जना छनोट गरेको छ । आइतबारको खेल चात्या फुटबल क्लब झापा र राजारानी फुटबल क्लब धनकुटाका बिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *