नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
मधु शाही र सिर्जना राई काठमाडौँ, ९ चैत । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू । यसै त वसन्त ऋतुमा सिंहदरबारका...
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाइ नागरिक पक्राउ
काठमाडौँ, ९ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाइ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाइ नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी...
भुटानमाथि नेपालको जित
काठमाडौँ, ९ चैत । बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ । माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप...
पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु
फुङ्लिङ, ९ चैत । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका...
विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली
प्रगति ढकाल काठमाडौँ, ९ चैत । गत शुक्रबार, आकाश अचानक बदली देखियो । घरका छाना नै उठाउने गरी हावा हुरी बेस्सरी चल्यो । चैत महिनाको मौसम पनि चिसो थियो । मुलुकको अधिकांश स्थानमा चट्याङसहितको असिना पानी पर्यो । त्यसको दुई दिनअघि मात्रै जल तथा मौसम विज्ञान विभागले ठुलो हावाहुरीसहित वर्षा...
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा
खोटाङ, ९ चैत । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो । आवश्यक...
खाडी जान लागेका कामदारहरू भन्छन्– ‘साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ’
मधु शाही काठमाडौँ, ८ चैत । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतारा नआउनु सुझाव दिन्छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशिक रोजगार नगइ सुख छैन । युद्धको प्रवाह नगरी उहाँ दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरू गर्दै...
यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
काभ्रेपलाञ्चोक, ९ चैत । काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्याएका छन् । उहाँहरूले मतदातालाई धन्यवाद मात्रै दिएका छैनन्, नागरिकका समस्या, गुनासा र सुझाव पनि सङ्कलन गरिरहेको पाइन्छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लाको १...
रामेछापमा सुमो दुर्घटना हुँदा ६ जना घाइते
रामेछाप, ९ चैत । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर...