रामेछापमा सुमो दुर्घटना हुँदा ६ जना घाइते

रामेछाप, ९ चैत । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ । सुमो चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

रामेछापमा सुमो दुर्घटना हुँदा ६ जना घाइते

रामेछाप, ९ चैत । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ ।

सुमो चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *