भिरबाट लडेर एक बालिकाको मृत्यु
बागमती, १० चैत । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जङ्गलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी नौ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । घाँस...
उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट
काठमाडौँ, १० चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उहाँहरूले उपराष्ट्रपति यादवसँग आज सामूहिक भेट गर्नुभएको हो । भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबिच शुभकामना आदान–प्रदानपश्चात देशको...
काङ्ग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा
ललितपुर, १० चैत । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रतिस्पर्धी पार्टीसँग अल्मलिएर कांग्रेसले आफ्नो मुद्दा बिर्सिएकाले समस्या आएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेस नेपालीको स्वतन्त्रता र समानताका निर्माण भएको पार्टी भएकाले जनताको मुद्दा विर्सन नहुने बताउनुभयो ।...
लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुने
काठमाडौँ, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनविरुद्धको रिट निवेदनमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ हुने भएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज...
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
काठमाडौँ, १० चैत । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा सुरू भएको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी रहेको छ । काङ्ग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा सुरू भएको बैठकमा महामन्त्री प्रदीप पौडेलले ११ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा...
काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा
काठमाडौँ, १० चैत । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ । काठमाडौँमा पछिल्लो एक घन्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिनापानी,...
सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…
भक्तपुर, १० चैत । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो र १९ जना घाइते भए । नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै घाइतेको प्राथमिक उपचार गर्न थाले । विपद् उद्धारमा सक्रिय संस्था आरएनए–१६, नेपाली सेना,...
निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने
प्रकाश सिलवाल काठमाडौँ, १० चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा ४० प्रतिशत मतपत्र प्रयोगविहीन भएका हुन् । निर्वाचनका लागि...
छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा
मुगु, १० चैत । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले १८औँ नगर सभाबाट पारित निर्णयअनुसार चैते दसैँ (चैत्राष्टमी व्रत)का अवसरमा उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जनाएको छ । नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय...