Author: The Nepali Video

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
TNV News Update

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौँ, २० चैत । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सेनाको टोली विजयी भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा भएको उक्त खेलमा सेनाको टोली ४–१ गोल अन्तरले विजयी भयो । निर्देशनालयका तर्फबाट सेनानी विजय पाण्डेले दुई तथा प्रमुख...
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
TNV News Update

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

काठमाडौँ, २० चैत । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेट्नुभएको हो । चिकित्सकहरूबाट उहाँहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आउनुभएको छ । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले...
चोरी मोटरसाइकलसहित युवक पक्राउ
TNV News Update

चोरी मोटरसाइकलसहित युवक पक्राउ

काठमाडौँ, २० चैत । कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट हिजो (बिहीबार) चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भइ हाल सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्। प्रहरीका अनुसार, सहनी बागमती प्रदेश नम्बर ०२–०२२ प २५६७ नम्बरको मोटरसाइकल नम्बर प्लेट...
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
TNV News Update

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ, २० चैत । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६...
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
TNV News Update

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी, २० चैत । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
TNV News Update

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० चैत । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३...
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
TNV News Update

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ, २० चैत । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी,...
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ
TNV News Update

एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पछिल्लो पटक मूल्यवृद्धि गरेको एक सातामै निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले...
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
TNV News Update

जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

काठमाडौँ, १९ चैत । नेकपा (एमाले)को संसदीय दलका नेता राम बहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गर्नुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उहाँले छानविनको माग गर्नुहुँदै आन्दोलनका क्रममा...