टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
टीकापुर, ३ वैशाख । कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न थालेका छन् । चालु आर्थिक वर्षमा १९ टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको काम गरिरहेका छन् । टोलको विकासमा टोलकै नागरिक जिम्मेवार बनाउने उद्देश्यले पालिकाले हरेक टोलमा टोल विकास संस्था गठन गरी...
सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाइने
काठमाडौँ, ३ वैशाख । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै...
कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
मकवानपुर, ३ वैशाख । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आह्वान गरिसकेको छ । करिब २ हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेन्ट उद्योगको सहायक प्रबन्धक...
भारतमा महिला आरक्षण विधेयक बहसमा
नयाँदिल्ली, ३ वैशाख । भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित गर्ने ऐतिहासिक विधेयकमाथि बिहीबारदेखि बहस सुरू भएको छ । यस कदमले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने अपेक्षा गरिए पनि निर्वाचन क्षेत्र पुनः सीमाङ्कनसँग जोडिएकाले देशको राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने बहस चर्किएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले...
के एआईले जागिर खाइदिन्छ ?
लिलाराज भट्टराई काठमाडौँ, ३ वैशाख । काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिशल इन्टेलिजन्स (एआई)अर्थात् कृतिम बुद्धिमताले जागिर खाइदिन्छ ? यसको प्रष्ट जवाफ हो खाइदिन्छ तर एआईले होइन, एआई जान्ने मान्छेले नजान्नेको जागिर खाइदिन्छन् । नेपालका लागि असली खतरा एआई होइन-असली खतरा एआईको युगमा पनि पुरानो सीपमै अडिइरहनु हो ।...
स्याउका बोट सेताम्मे
मुस्ताङ, ३ वैशाख । मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् । स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरूमा फूल फुलेर सेताम्मे हुन थालेको बताउनुभयो । स्याउलाई चिलिङ...
एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो
काठमाडौँ, ३ चैत । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो । अमेरिका र इजरायल गठबन्धन र इरानबिच युद्ध सुरू भइ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको...
बुटिक कन्सेप्टमा ‘अरिन हस्पिटल’ सञ्चालनमा आउँदै, प्रविधिमैत्री सेवामा जोड
काठमाडौँ, ३ चैत । काठमाडौँको महाराजगञ्जमा स्थापना गरिएको अरिन अस्पताल ‘बुटिक हस्पिटल’ अवधारणासहित छिट्टै पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । २५ शय्याको बहु–विशेषज्ञ अस्पतालले सानो संरचनाभित्र उच्चस्तरीय, प्रविधिमैत्री र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा छाला रोग विशेषज्ञ तथा...
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह
गोरखा, ३ वैशाख । तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । श्रेष्ठ यसअघि...