कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर, ३ वैशाख । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आह्वान गरिसकेको छ । करिब २ हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेन्ट उद्योगको सहायक प्रबन्धक विकास श्रेष्ठले बताउनुभयो । कोइलाको परीक्षण नतिजाअनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उहाँले जानकारी दिनुभयो ।

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर, ३ वैशाख । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आह्वान गरिसकेको छ ।

करिब २ हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेन्ट उद्योगको सहायक प्रबन्धक विकास श्रेष्ठले बताउनुभयो । कोइलाको परीक्षण नतिजाअनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *