पाथीभरामा दुई करोड ९६ लाख बढी भेटी सङ्कलन
ताप्लेजुङ ४ वैशाख । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा चालु आर्थिक वर्षको नौ महिनामा दुई करोड ९६ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनसार नौ महिमाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार...
रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा
नारायण अधिकारी चितवन, ४ वैशाख । जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ...
वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
खोटाङ, ४ वैशाख । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरू भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो । कोशी प्रदेश...
नेप्से परिसूचक ३३ अङ्कले घट्यो
काठमाडौँ, ३ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो । आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४...
चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
भीष्मराज ओझा काठमाडौँ, ३ वैशाख । सरकारले अब चिडियाखानाको वर्गीकरण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले चिडियाखानाको क्षेत्रफल, वन्यजन्तुको सङ्ख्या तथा अन्य सेवा सुविधाका आधारमा चिडियाखानालाई वर्गीकरण गर्न कानुनी प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले ‘चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ को...
नेता खड्कालाई थुनामुक्त गर्न आदेश
काठमाडौँ, ३ वैशाख । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले आज नेता खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ थुनामुक्त गर्न...
सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
काठमाडौँ, ३ वैशाख । सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ । छलफलका क्रममा मुख्यमन्त्रीहरूले प्रदेशगत रुपमा आफ्ना समस्या राख्नुभएको थियो । प्रधानमन्त्री शाहले कुनै पनि विषयमा मुख्यमन्त्रीको जिज्ञासा सुन्ने बित्तिकै थप स्पष्ट पार्न र समाधानका...
गुल्मीमा रूखमा अड्किएका व्यक्तिको सकुशल उद्धार
गुल्मी, ३ वैशाख । गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बिचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ । धुर्कोट–७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्त बहादुर कुमाल आज बिहान आफ्नै घर नजिकै रहेको पीपलको रूखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्किनुभएको थियो । रुखमा...
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
रुपन्देही, ३ वैशाख । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका–१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ...