जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
राजेन्द्रप्रसाद पनेरू कञ्चनपुर, २२ चैत । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद् र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गासिएर बसेको जातीय विभेद् पूर्ण रूपमा अन्त्य हुन अझै समय लाग्ने...
सभामुखमा अर्याल निर्विरोध निर्वाचित
काठमाडौँ, २२ चैत । नेपालको दशौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त...
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात
मुस्ताङ, २२ चैत । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ । हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक...
बर्दिबास युथ क्लबद्वारा बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान
महोत्तरी, २२ चैत । बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको २५ लाख रूपैयाँ बराबरको भएको बताइएको छ । अस्पतालमा सो रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो ।...
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि एक करोड रूपैयाँ बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै...
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका पठाउने भन्दै ७३ लाख ७० हजार रूपैयाँ ठगी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका–७ का ५२ वर्षीय कर्णबहादुर राउत, जिल्ला तनहुँ भानु नगरपालिका–१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व)...
प्रथम बुढीगङ्गा फुटबल : सिरहाको सलहेस क्लब विजयी
मोरङ, २२ चैत । मोरङको बुढीगङ्गा गाउँपालिकामा शनिबारदेखि सुरु भएको प्रथम बुढीगङ्गा गोल्डकप–२०८२ फुटबल प्रतियोगितामा सलहेस फुटबल क्लब सिरहा, मधेस प्रदेश विजयी भएको छ । पालिकाद्वारा सञ्चालित उक्त प्रतियोगिता वडा नम्बर २ अमाही खेलमैदानमा भएको प्रतिस्पर्धात्ममा सलहेस क्लबले आरआइएफसी काठमाण्डौँलाई ४–३ गोलले पराजित गरेको हो । प्रतियोगितामा कोशी, मधेस, बागमती...
प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’
युवराज विष्ट भोजपुर, २२ चैत । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका–४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन । स्थानीय जनश्रुतिअनुसार...
भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य
म्याग्दी, २२ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी...