हात्तीको आक्रमणबाट दुई जना घाइते
झापा, १७ वैशाख । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते हुनुभएको हो । दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।
समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी
कैलाली, १७ वैशाख । कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरू गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरू गरेको हो...
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
काठमाडौँ, १७ वैशाख । बितेका २४ घन्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५०४ रूपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत...
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
गोपालप्रसाद बराल महोत्तरी, १७ वैशाख । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस)को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् । यो व्यवसाय गरेर आत्मनिर्भर बन्नेहरूमध्ये हुनुहुन्छ, मलेसिया र साउदी अरब गरेर चार वर्ष बिताएर स्वदेश फर्किनु...
जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
नारायण ढुङ्गाना काठमाडौँ, १६ वैशाख । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा चेतनाको विगुल फुक्ने बेला हुन्छ अनि आर्थिक तथा सामाजिक विकासका लागि आह्वान गर्नुपर्ने हुन्छ त्यतिबेला गुञ्जने गीत हो गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ… यस्तै, अर्को सुर पनि गुञ्जिन्छ आउ मिलाउँ हाम्रा हातहरू न्याय र समानताका...
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
प्रगति ढकाल काठमाडौँ, १६ वैशाख । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७३ साल वैशाख १ गतेदेखि २०८२ माघ २५ गतेसम्मको अवधिमा कुल एक हजार ५१९ वटा हावाहुरीका घटना भएका छन् । उक्त अवधिमा हावाहुरीका...
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरू, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागु
काठमाडौँ, १६ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुभएको छ । मालपोत कार्यालयहरूमा पछिल्लो समय सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै...
हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित
म्याग्दी, १६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हावाहुरीले उडाएको छ । कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो । हावाहुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको प्रधानाध्यापक न्याउली छन्त्यालले बताउनुभयो ।...
सङ्खुवासभामा चरन क्षेत्र कमी हुँदा चौँरी पालक किसान घट्दै
भविन कार्की खाँदबारी, १६ वैशाख । सङ्खुवासभाको चैनपुर नगरपालिका-१ गुफापोखरी क्षेत्रमा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै संकटमा पर्ने देखिएको छ । सङ्खुवासभा,तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने गुफापोरी,सुकेबार क्षेत्रमा पुस्तौँदेखि चौँरी पालन गर्दै आएका किसानलाई...