Author: The Nepali Video

स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ
TNV News Update

स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ, २० वैशाख । स्रोत नखुलेको २६ लाख ९८ हजार रूपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ । शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रूपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक...
‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक
TNV News Update

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ, २० वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा...
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा.तिमिल्सिना
TNV News Update

सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा.तिमिल्सिना

काठमाडौँ, २० वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका निर्णायक...
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा
TNV News Update

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौँ, २० वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज सम्पूर्ण श्रमजीवी पत्रकार, व्यावसायिक सञ्चारगृहहरू तथा विचार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर...
हास्न बिर्सिएका सुकुमबासी
TNV News Update

हास्न बिर्सिएका सुकुमबासी

सन्तोषी रावल काठमाडौँ, २० वैशाख । आज विश्व हासो दिवस । सामाजिक सञ्जाल हासोका तस्बिर र शुभकामनाले भरिएका छन् । तर, काठमाडौँका नदी किनार र देशका विभिन्न स्थानमा बसोबास गर्ने सुकुमबासीहरुमा हासो होइन, रुवाईको आवाज गुञ्जिरहेको छ । जहाँ अरूले ‘मुस्कान बाँडौँ’ भन्दै उत्सव मनाइरहेका छन्, त्यहीँ केही अनुहारहरू आफ्नै...
‘एक मुठी बादल’ले महिलाको आन्तरिक संघर्ष र पारिवारिक यथार्थ उजागर गर्छ : आँचल शर्मा
TNV News Update

‘एक मुठी बादल’ले महिलाको आन्तरिक संघर्ष र पारिवारिक यथार्थ उजागर गर्छ : आँचल शर्मा

काठमाडौँ, २० वैशाख । कथानक फिल्म ‘एक मुठ्ठी बादलःमाई सेयर अफ स्काई’ जेठ १ गतेदेखि प्रदर्शनमा आउँदै छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन तय गरेको हो । आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादलः माई सेयर अफ...
तुइन खोलामा पहिरो
TNV News Update

तुइन खोलामा पहिरो

चितवन, २० वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ । बिहान ५ः४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न...
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
TNV News Update

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

मन्थली, २० वैशाख । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गर्नुभएकी उहाँलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थाल्नुभएको हो...
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
TNV News Update

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला, २० वैशाख । खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोकाया घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक...